back
CTIZAN AD

मुख्यमन्त्रीद्धय शाक्य र आचार्यलाई माधवको प्रष्ट सन्देश – आए सहकार्य, नत्र समर्थन हुन्न !

वि.सं.२०७८ भदौ १० बिहीवार

789 

shares

भदौ १०, काठमाडौं । मुख्यमन्त्रीद्धय अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई नेकपा (एकीकृत समाजवादी)ले पार्टीमा आए मात्रै समर्थन गर्ने भएको छ । बिहीबार पार्टी दर्ता पछि पहिलो पत्रकार सम्मेलन गर्दै समाजवादीका अध्यक्ष माधव नेपालले मुख्यमन्त्रीद्धयका बारेमा यस्तो स्पष्ट पारेका हुन् ।

उनले एमालेमै रहेमा समर्थन गर्न नसकिने स्पष्ट पारे । ‘पार्टीमा आए सहयोग हुन्छ तर विरोधी पार्टीमा रहेसम्म सहकार्य गर्न सकिन्न’, माधवले भनेका छन्, ‘सहकार्यको बाटोमा आउँछन् भने मात्रै सहकार्य हुन्छ ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनकारी भएको भन्दै ओलीको पक्षमा लाग्नेलाई सहयोग नगर्ने प्रष्ट पारे । अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नेलाई सहयोग र समर्थन रहने स्पष्ट पारे ।

माधवकुमार नेपाल नेतृत्वको समूहले एमालेबाट अलग हुने निर्णय लिँदै गर्दा भदौ २ मा अष्टलक्ष्मी शाक्य एकाएक मुख्यमन्त्री बनेकी थिइन् । पार्टी एकताको विकल्प छैन् भन्दै उनी एमालेमै फर्किएकी थिइन् ।

यता भीम आचार्य पनि शाक्य जस्तै एमालेमै फर्किएका थिए । आचार्य बिहीबार एमालेको तर्फबाट प्रदेश १ मा मुख्यमन्त्री बनेका छन् ।

वि.सं.२०७८ भदौ १० बिहीवार १७:३२ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...