back
CTIZAN AD

सर्वोच्चले भन्यो – महाकवि देवकोटाको घर भत्काउनु अघि पुरातत्व विभागसँग समन्वय गर्नु

वि.सं.२०७८ भदौ १३ आइतवार

591 

shares

१३ भदाै, काठमाडाैँ । सर्वोच्च अदालतले पुरातत्व विभागसँग समन्वय गरेर मात्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज उक्त अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार महाकवि देवकोटाको घरमा पुरातात्विक महत्वका सामग्री हुनसक्ने भएकाले पुरातत्व विभागसँग समन्वय गरेर र पुरातात्विक महत्वका सामग्री व्यवस्थापन गरेर मात्र घर तत्काल अन्तरिम आदेश जारी भएको छ ।

यसअघि गत साउन २७ गते न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले घर भत्काउनको कारणबारे १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका निकायलाई लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।

अधिवक्ता सञ्जय अधिकारीले पुरातात्विक महत्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गरेका थिए।

प्रज्ञा–प्रतिष्ठानले मैतीदेवीस्थित देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ । पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको घर नभत्काई संरक्षण गरेर राख्नुपर्ने साहित्यकार तथा संरक्षण विज्ञको भनाइ छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार २०:५९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...