back
CTIZAN AD

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा गठबन्धन, को–को बन्लान् मन्त्री ?

वि.सं.२०७८ भदौ १४ सोमवार

660 

shares

भदौ १४, काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद विस्तारका बारेमा टुंगो लगाउन सत्ता साझेदार छलफलमा जुटेका हुन् ।

जारी बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरुको सहभागीता रहेको छ।

यसअघि आइतबार सम्पन्न शीर्षनेताको बैठकले आज सरकारलाई पूर्णता दिने निर्णय गरेका थिए। आजै टुंग्याउने तयारी गरिए पनि गठबन्धनका दलबीच कतिपय विषयमा छलफल गर्नुपर्ने भएकाले सम्भव नभएको जनाइएको छ।

सरकार गठनको झण्डै डेढ महिना बित्न लाग्दा पनि मन्त्रिपरिषदले पूर्णंता नपाउँदा सरकारको आलोचना हुने गरेको छ ।

को–को बन्लान् मन्त्री ?

यसअघि कुन दलले कति मन्त्री पाउने भन्ने बारे दलहरुबीच मोटामोटी सहमति बनेको थियो । जसअनुसार कांग्रेसले ७ र माओवादी केन्द्रले ६ र अन्यले पाँच/पाँच मन्त्रालय पाउने सहमति बनेको थियो । जसपाले चार मन्त्रालय र एक राज्यमन्त्री पाउने दलहरुबीच सहमति बनेको छ ।

सोहीअनुसार हाल कांग्रेससँग प्रधानमन्त्रीसहित २ मन्त्री र १ राज्यमन्त्री छन् । बाँकी ४ जना मन्त्रीको टुंगो लगाईने तयारी कांग्रेसको छ ।

कांग्रेसभित्र गुटअनुसार बेग्लै भागवण्डा भएको कारण सोहीअनुसार नेताहरुको नाम चर्चामा छ । अहिले पौडेल पक्षबाट सुजाता कोइराला, डा। मीनेन्द्र रिजाल, तेजुलाल चौधरी र दिलेन्द्रप्रसाद बडु मन्त्रीका सम्भावित हुन् । सिटौला पक्षबाट उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक मन्त्री बन्ने भएका छन् । यता देउवा पक्षबाट मीनबहादुर विश्वकर्मा, डा. डिला संग्रौला र उमा रेग्मीको नाम चर्चामा छ ।

यता माओवादी केन्द्रबाट हाल २ जना मन्त्री भइसकेका कारण थप ४ जना मन्त्री थपिनेछ । सोहिअनुसार माओवादी केन्द्रभित्र देव गुरुङ्ग, देवेन्द्र पौडेल, रामेश्वर राय यादव, अमनलाल मोदी, अञ्जना विशंखे र शशी श्रेष्ठको नाम चर्चामा छ । नेता नारायणकाजी श्रेष्ठ र पार्टी प्रवक्ता कृष्णबहादुर महराको पनि उपप्रधानमन्त्रीमा नाम चर्चामा छ ।

त्यस्तै एमालेबाट छुट्टिएर बनेको नेकपा (एसबाट) जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, कृष्णकुमार श्रेष्ठ, प्रेमबहादुर आले, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, कल्याणीकुमार खड्का, धनबहादुर बुढाको नाम चर्चामा छ ।

यता जसपाबाट उपेन्द्र यादव स्वंय नै मन्त्रीहरुको नेतृत्व गरेर जाने तयारीमा छन् । जसपाबाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मोहम्मद इश्तियाक राई, सुरेन्द्र यादव, रेनु यादव, अमृता अग्रहरीलगायतको नाम चर्चामा छ ।

वि.सं.२०७८ भदौ १४ सोमवार ११:५२ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...