back
CTIZAN AD

सावधानी नअपनाए युरोपमा डिसेम्बर १ सम्म कोभिडजन्य मृत्युदर उच्च हुने डब्लूएचओको चेतावनी

वि.सं.२०७८ भदौ १४ सोमवार

603 

shares

१४ भदौ, कोपनहेगन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यूरोपमा कोभिड–१९ को नयाँ लहर आउने र यसबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ ।

युरोपका खासगरी गरिब मुलुकमा कोभिड–१९ विरूद्धको खोप दर कम रहेको र यसले कोभिड–१९ नियन्त्रणमा प्रभाबकारी भूमिका निर्बाह गर्न नसक्ने डब्लुएचओले चिन्ता व्यक्त गरेको छ ।

डब्लूएचओ युरोपका निर्देशक हान्स क्लजले सञ्चारकर्मीसँग भने “गत हप्ता यस क्षेत्रमा मृत्युको सङ्ख्यामा ११ प्रतिशत वृद्धि भएको थियो । एउटा विश्वसनीय अध्ययन रिपोर्टले युरोपमा डिसेम्बर १ सम्ममा थप दुई लाख ३६ हजार मानिसको मृत्यु हुनसक्ने देखाएको छ ।”

युरोपले अहिलेसम्म १३ लाख कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।

यूरोपका ५३ सदस्य राष्ट्रमध्ये ३३ मुलुकले गत दुई हप्तामा कोभिड–१९ सङ्क्रमण दर १० प्रतिशतभन्दा बढीले वृद्धि भएको जनाएका क्लजले बताए ।

यस महादेशभरि भाइरस सर्ने दर उच्च रहेको र यो विशेष गरी विभिन्न देशहरूमा नियन्त्रणका लागि दिनुपर्ने प्राथमिक जनसंख्यामा अत्यन्तै कम रहेको कारण चिन्ताजनक अवस्था मानिएको हो ।

क्लजले बढी फैलिनसक्ने डेल्टा भेरिएन्टको प्रसार रोक्न प्रतिबन्ध तथा नियन्त्रणक अन्य उपायहरूबारे देखाइएकोे सहजता र गर्मी यामसँगै वृद्धि भएका यात्राजन्य गतिविधि दोषी देखिएका बताए ।

युरोपका लगभग आधा मानिसहरूलाई पूर्ण खोप लगाइएको भए तापनि यस क्षेत्रमा खोप लगाउने कार्य अझै पनि सुस्त भएको क्लजको बुझाइ छ ।

“विगत छ हप्तामा यो १४ प्रतिशतले घटेको छ । कतिपय देशमा खोपको अभाव र केहीमा खोपलाई नस्वीकारिएका कारण यसको असर परेको छ ।”

युरोपका निम्न तथा निम्नमध्यम आय भएका मुलुकका छ प्रतिशत मानिसले मात्र पूर्ण खोप लगाएका छन् । केही मुलुकले १० मध्ये एक स्वास्थ्यकर्मीलाई मात्र खोप दिएका छन् ।

उत्पादन बढाउन, धेरै मात्रा खोपको आपूर्ति गर्न तथा खोपको पहुँचमा सुधार ल्याउन खोप अभियानमा पछि रहेका यूरोपेली मुलुकहरूलाई आग्रह गर्दै क्लजले भने,, “हाम्रो क्षेत्रमा खोप अभियानमा सुस्तता आउनु गम्भीर चिन्ताको विषय हो ।” एएफपी

वि.सं.२०७८ भदौ १४ सोमवार २०:३३ मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...