back
CTIZAN AD

माधव समूहले कास्कीमा गठन गरेको समानान्तर समिति नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण हुने

वि.सं.२०७८ भदौ १४ सोमवार

750 

shares

१४ भदौ, काठमाडौँ । नेकपा एमाले कास्कीको समानान्तर समिति नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने भएको छ।

नेकपा एमालेको विवाद चर्किरहेको बेला गत चैत्र १९ गते माधव नेपालले गठन गरेको समान्तर कमिटी नै नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण हुने भएको हो ।

धनराज आचार्यको संयोजकत्वमा गठन गरिएको ७५ सदस्यीय समान्तर कमिटीलाई चैत २४ गते कमिटीलाई पूर्णता दिँदै १ सय ४७ सदस्यीय बनाइएको थियो । उक्त समिति मंगलबार नेकपा एकिकृत समाजवादीको कास्की जिल्ला समितिमा रुपान्तरण हुने भएको हो ।

अध्यक्षको जिम्मेवारीमा रहेका आचार्य कास्कीका स्थापित व्यवसायी हुन भने पृथ्वी नारायण क्याम्पसका पूर्व स्ववियु सभापति पनि हुन् ।

कमिटीको अध्यक्षमा धनराज आचार्य, सचिवमा होम नेपाली, सहसचिवमा पूर्ण लामा छन् । समानान्तर समितिका उपाध्यक्ष शोभाकर भण्डारीको कोभिड संक्रमणबाट मृत्यु भएको छ। उपाध्यक्ष पद खाली राखेर १ सय ८५ सदस्यीय एकीकृत समाजवादी पार्टी जिल्ला समिति घोषणा गरिन लागिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

कास्की जिल्ला कमिटीसँगै पोखरा महानगर कमिटीमा पनि एमालेको समान्तर कमिटी नै एकीकृत समाजवादीमा रुपान्तरण हुने पनि अध्यक्ष आचार्यले बताए । १ सय ४१ सदस्यीय महानगर कमिटीको अध्यक्षमा मुक्ति पौडेल र सचिवमा सुशील बस्नेत छन् ।

कास्कीका एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद तुलबहादुर गुरुङ, चुडामणि विक जंगली, श्रीनाथ बराल, दिलु पन्त एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य छन् ।

वि.सं.२०७८ भदौ १४ सोमवार २२:४० मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...