back
CTIZAN AD

पहिरोले घर पुरिँदा तीनको मृत्यु, एक बेपत्ता

वि.सं.२०७८ भदौ १७ बिहीवार

750 

shares

१७ भदौ, गण्डकी । अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् ।

लगातारको वर्षापछि गए राति आएको पहिराले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलाममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनी ४५ वर्षका कृष्ण श्रेष्ठ र उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङ रहेकी छन् ।

पहिरामा परी उनका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् भने घाइते आठ वर्षीय राजकुमारको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले जानकारी दिए ।

त्यसैगरि पोखरा–११ भञ्ज्याङ नमूना टोलमा पहिराले घर पुरिँदा घाइते ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरामा परी घाइते भएका दुई जनाको उक्त अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पोखरा–११ काँहुमा पहिराले घर पुरिँदा एकैघरका तीन जना घाइते भएका छन् । अहिले घटनास्थलमा स्थानीय बासिन्दा, प्रहरी र विभिन्न सङ्घ संस्थाको सहयोगमा उद्धार कार्य भइरहेको छ ।
रासस

वि.सं.२०७८ भदौ १७ बिहीवार १२:०२ मा प्रकाशित

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...