Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

यसकारण अनिवार्य थियो एमालेको विभाजन



नेपाली राजनीतिक दलाल पुँजीवादको सबैभन्दा ठूलो महलका रुपमा रहेको नेकपा (एमाले) दोस्रो पटक नेपाली धर्तीमा ढलेको छ । यो महल २०५४ साल फाल्गुन २१ गते पहिलोपटक ढलेको थियो भने दोस्रो पटक यही २०७८ भदौ १ गते ढलेको छ । यो महल पहिलोपटक ढल्दा त्यसबाट बाहिर निस्कन सफल भएकाहरुले नेकपा (माले) नामको नयाँ पार्टी गठन गरेका थिए, भने यसपाला यो महल ढल्दा त्यसबाट बाहिर निस्कन सफल भएकाहरुले नेकपा (एकीकृत समाजवादी) नाम दिएका छन् । केही राजनीतिक विश्लेषकहरुले एमालेरुपी नेपाली धर्तीमा उब्जिएको दलाल पुँजीवादको सबैभन्दा ठूलो महल ढलेपछि नेपाली नागरिकहरु धेरै चिन्तित भएको र यसको ढलाइले नेपाली राजनीतिमा ठूलो दूरगामी असर पार्न सक्छ भनेर विश्लेषण गर्न थालेका छन् । 

तर यो विश्लेषण गलत छ, किनभने यो नेपाली धर्तीमा बलिया जरा गाडेर खडा भएको नेपालको सबैभन्दा ठूलो दलाल पुँजीवादको कालो तथा महाभ्रष्टहरु बसेर नेपाली जनताको अरबौ सम्पत्तिमाथि लुटपाट मच्चाउँदै आएका, नेपालका नदी – नालाहरु भारतलाई महाभ्रष्ट, अपराधी तथा विदेशी दलालहरु बस्ने र राष्ट्रलाई बेच्ने देशद्रोहीहरु बस्ने एमालेरुपी महल नेपाली धर्तीमा ढल्दा खेरी नेपाली नागरिकहरु चिन्तित हुनुपर्ने कुनै कारण छैन । बरु खुसियाली मनाउनु पर्छ नेपाली नागरिकहरुले । मदनकुमार भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल हुँदै केपी ओलीसम्म आइपुग्दा नेकपा (एमाले) नाम दिइएको पार्टी र त्यसका नेताहरुले देश र जनताका लागि कतिसम्मको अपराध गरे, देश र जनतालाई कहाँसम्मको धोका दिदै र गद्दारी गर्दै आए, यो सानो लेखमा सबै हिसाब किताब गरेर साध्य नै छन्, नेपाली जनता नै काफी जानिफकार छन् नै ।

०५१ सालको मध्यावधि चुनावदेखि नै एमालेले पार्टी, नेता र कार्यकर्ताहरुलाई संसदीय व्यवस्थामा छिरायो र पुरै भ्रष्टीकरणमा होम्यो । एमालेले कम्युनिस्ट पार्टी कै नाम र झण्डामुनि बसेर पहिलो पटक पजेरो, प्राडो संस्कृति पनि भित्र्यायो । उसले नै पार्टीभित्र र राज्यभित्र महल संस्कृति भित्र्यायोे । यतिमात्र होइन, एमालेले आफुलाई संसदीय व्यवस्थाको विकृति र विसंगतिको आहालमा डुबाई सकेपछि स्थानीय तहमा पनि आफ्ना निर्वाचित नेता तथा कार्यकर्ताहरुलाई कसरी पैसा कमाउने ? भन्ने स्कुलिङ गर्दै आयो । केन्द्रदेखि स्थानीय स्तरका आफ्ना नेता – कार्यकर्ताहरुलाई कसरी भ्रष्टाचार गर्ने र राष्ट्रको सम्पत्ति लुट्ने भन्ने स्कुलिङ गर्दै आयो । यति धेरै भ्रष्टीकरण स्वरुपमा आएको एमालेको ढिलो चाँडो विलोपीकरण हुन अनिवार्य छ ।

विश्व सर्वहारा वर्गका नेता तथा चिनिया कम्युनिस्ट पार्टीका नेता कमरेड माओले भन्नुभएको छ, ‘सही विचार छ, सबैथोक छ, विचार छैन भने केही छैन ।’ कमरेड माओले भन्नुभए झै माले – एमाले हुँदै एमालेले नेपाली क्रान्तिको तत्कालीन मार्ग निर्देशन सिद्धान्त मार्क्सवाद – लेनिनवाद – माओविचारधारा छोड्यो र मदनकुमार भण्डारीले अगाडि सारेको ‘बहुलवाद’ आधारित पुँजीवादी संसदीय विचारलाई आफ्नो बनायो । उसले सिद्धान्तको रुपमा मान्दै आएको ‘जनताको बहुदलिय जनवाद’ संसदीय व्यवस्थाको दार्शनिक आधार हो । यसकै आधारमा एमालेले पार्टीलाई संसदीय भाषामा ढाल्दै आयो । उसले संसदीय व्यवस्थालाई आफ्नो कार्यदिशा बनायो ।

०५१ सालको मध्यावधि चुनावदेखि एमालेले पार्टी र नेता, कार्यकर्ताहरुलाई संसदीय व्यवस्थामा छिरायो र पूरै भ्रष्टीकरणमा होम्यो । एमालेले नै कम्युनिस्ट पार्टी कै नाम र झण्डामुनि बसेर पहिलो पटक पजेरो, प्राडो संस्कृति भित्र्यायो । उसले नै पार्टीभित्र र राज्यभित्र महल संस्कृति भित्र्यायो । यतिमात्र होइन, एमालेले आफुलाई संसदीय व्यवस्थाको विकृति र विसंगतिको आहालमा डुबाई सकेपछि गाविस स्तरका, नगरपालिका स्तरका, जिविस स्तरका र संसद स्तरका आफ्ना निर्वाचित नेता, कार्यकर्ताहरुलाई कसरी पैसा कमाउने ? कसरी राष्ट्रिय सम्पत्तिमाथि, जनताको सम्पत्तिमाथि ब्रह्मलुट र लखनउ लुट मच्चाउने ? भन्ने स्कुलिङ गर्दै आयो र केन्द्रदेखि स्थानीय स्तरका आफ्ना नेता – कार्यकर्ताहरुलाई कसरी भ्रष्टाचार गर्ने र राष्ट्रको सम्पत्ति लुट्ने भन्ने स्कुलिङ गर्दै आयो । एमाले २०५१ सालदेखि यता २०७८ सालसम्म २७ वर्षसम्म पटक–पटक सरकारमा गयो । कहिले आफ्नै पार्टीको बहुमत सरकार त, कहिले राप्रपा, काँग्रेस, माओवादीहरुसित मिलेर केन्द्रीय सरकार सञ्चालन गर्दै आयो भने पछिल्लो अबधिमा प्रदेश स्तरमा र त्योभन्दा पहिले करीब २५ वर्षको अबधिमा स्थानीय निकायहरुमा बहुमतका आधारमा शासन सञ्चालन गर्दै आयो ।

राष्ट्रको सम्पत्ति लुटेर, जनताको सम्पत्ति लुटेर एमालेले आफ्ना नेता – कार्यकर्ताहरुलाई अरबपति, खरबपति बनाउँदै आएको छ र अरबपति खरबपति हुन नसकेका आफ्ना नेता कार्यकर्ताहरुलई कुनै पनि स्तरको चुनावमा टिकट नै दिँदैन । यस प्रकारका महाभ्रष्ट, अनैतिक, देश बेचुवा अपराधीहरु बस्ने गरेको एमालेरुपी दलाल पुँजीपतिहरुको महल ढल्दाखेरी जनता चिन्तित हुनुपर्ने कुनै कारण छैन, बरु खुसी हुनुपर्छ । किनकि एमालेले नेपाली कम्युनिस्ट आन्दोलन संसदीय व्यवस्था र संसदीय संस्कृति भित्र्याएका कारण कम्युनिस्टका नाममा सिंगो नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रदूषित तुल्याउँदै आएको छ ।

यी सबै अबधिमा एमालेले आफ्ना नेता, कार्यकर्ताहरुलाई भ्रष्टीकरणमा रुपान्तरण गराउँदै लग्यो । उसले देशलाई बेचेर हुन्छ कि ? मुलुकको सम्पतिमाथि ब्रह्मलुट, लखनउ लुट गरेर हुन्छ ? जसरी पैसा कमाऊ, चुनाव जित, खाऊ, कमाऊ, लुट, मोजमस्ती गर अर्थात् देशलाई र चुनाव जितेर आऊ, सत्ता चलाऊ भन्ने स्कुलिङ गर्दै आयो । जसका कारण २७ वर्षको अबधिका चरम भ्रष्टाचार गर्ने, कर्मचारीहरुलाई साथमा लिएर राष्ट्रको सम्पत्ति दिनहाडै लुट्ने, नेपाली जनताको सम्पत्ति लुट्ने एकजना पनि आफ्ना नेता – कार्यकर्ताहरुलाई कारवाही गरेको एउटा पनि प्रमाण छैन ।

राष्ट्रको सम्पत्ति लुटेर, जनताको सम्पत्ति लुटेर एमालेले आफ्ना नेता – कार्यकर्ताहरुलाई अरबपति, खरबपति बनाउँदै आएको छ र अरबपति खरबपति हुन नसकेका आफ्ना नेता कार्यकर्ताहरुलई कुनै पनि स्तरको चुनावमा टिकट नै दिँदैन । यस प्रकारका महाभ्रष्ट, अनैतिक, देश बेचुवा अपराधीहरु बस्ने गरेको एमालेरुपी दलाल पुँजीपतिहरुको महल ढल्दाखेरी जनता चिन्तित हुनुपर्ने कुनै कारण छैन, बरु खुसी हुनुपर्छ । किनकि एमालेले नेपाली कम्युनिस्ट आन्दोलन संसदीय व्यवस्था र संसदीय संस्कृति भित्र्याएका कारण कम्युनिस्टका नाममा सिंगो नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रदूषित तुल्याउँदै आएको छ । यस्तै यस्तै प्रक्रियाबाट एमालेको विघटन हुन र नेपाली कम्युनिस्ट आन्दोलनबाट यसको विलोपीकरण हुन जरुरी छ । यो पार्टी नेपाली धर्तीमा जति दिनसम्म खुट्टा टेकिरहन्छ, उति नै देश र जनतालाई घाटा र नोक्सानी पुग्दछ ।

केपी ओलीको ३ वर्षे कार्यकालमा राष्ट्रिय स्तरमा ६ अर्ब र प्रदेश तथा स्थानीय स्तरमा २० अर्ब भ्रष्टाचार गरेको प्रमाण हालै सार्वजनिक गरिएको महालेखा परिक्षकको रिपोर्टले पुष्टि गरिदिएको छ । यो सरकारी तथ्यांकबाहेक एमालेले २७ वर्षको अबधिमा खरबौको राष्ट्रिय सम्पत्तिमाथि भ्रष्टाचार गरिसकेको देखिन्छ । यसले माओवादी आन्दोलनबाट आएको प्रचण्ड समूह नेता, कार्यकर्ताहरुलाई महाभ्रष्ट बन्न सिकाएको छ । त्यही सिकेर त्यसकै लाभ गरेर नै प्रचण्ड समूह एमाले भित्र छिरेको थियो । प्रचण्डको सिफारिसमा गृहमन्त्री बनेका राम बहादुर थापा ‘बादल’ गृहमन्त्री रहेका बखत करोडौं भ्रष्टाचार गरेको तथ्यांक महालेखा परिक्षकको प्रतिवेदनद्वारा सार्वजनिक गरिएको छ  ।

केपी ओलीको ३ वर्षे कार्यकालमा राष्ट्रिय स्तरमा ६ अर्ब र प्रदेश तथा स्थानीय स्तरमा २० अर्ब भ्रष्टाचार गरेको प्रमाण हालै सार्वजनिक गरिएको महालेखा परिक्षकको रिपोर्टले पुष्टि गरिदिएको छ । यो सरकारी तथ्यांकबाहेक एमालेले २७ वर्षको अबधिमा खरबौको राष्ट्रिय सम्पत्तिमाथि भ्रष्टाचार गरिसकेको देखिन्छ ।

यिनै तमाम कारण नेपाली समाजमा कम्युनिस्टको नाममा ऐजेरु बनिरहेको एमालेले दलाल पुँजीवादको ठूलो र कालो महल ढल्दाखेरी नेपाली जनता चिन्तित हुने कुनै कारण छैन । किनकि प्रकृतिमा ‘बादल न फाटी घाम लाग्दैन’ । त्यस्तै नेपाली कम्युनिस्ट आन्दोलन क्रान्तिकारी आन्दोलनमा रुपान्तरण गर्नका निम्ति ढिलो चाँडो एमालेको विलोपीकरण हुन अनिवार्य छ ।

(लेखक वरिष्ठ मार्क्सवादी लेखक एवं राजनीतिक विश्लेषक हुन् ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना