back
CTIZAN AD

एमालेबाट निर्वाचित थप तीन सदस्यले गरे एकीकृत समाजवादीमा सनाखत

वि.सं.२०७८ भदौ २१ सोमवार

708 

shares


२१ भदौ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट निर्वाचित थप तीन प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराएका छन् ।

एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा रहेका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय दलको पूर्वप्रमुख सचेतक तारालामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका हुन् ।

नेताद्वय सोडारी र तामाङ क्रमशः एमाले कैलाली र कञ्चनपुरको अध्यक्ष थिए । योसँगै एकीकृत समाजवादीमा सनाखत गराउने एमाले प्रदेशसभा सदस्य १३ जना पुगेका छन् ।

प्रदेशसभामा अब एमाले १२ जनामा सीमित भएको छ ।सभामुखसहित २५ सदस्यसहित एमाले सबैभन्दा ठूलो दल थियो । प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई सदस्य छन् । प्रदेशसभामा विभिन्न दलका गरी जम्मा ५२ सदस्य छन् ।

यसअघि एमालेका प्रदेश सभा सदस्य एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीद्वय चुनकुमारी चौधरी र मनाकुमारी साउद, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सुशीला बुढाथोकी, अमरबहादुर साउद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि एकीकृत समाजवादीमा सनाखत गराएका थिए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री जोशी र पूर्वमन्त्री भट्ट एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य छन् । दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ ।
रासस

वि.सं.२०७८ भदौ २१ सोमवार १२:१७ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...