back
CTIZAN AD

सडक अवरुद्ध हुँदा इन्धन तथा उपभोग्य वस्तुको अभाव

वि.सं.२०७८ भदौ २१ सोमवार

657 

shares

२१ भदौ, बलेवा । पहिराले सडक अवरुद्ध हुँदा इन्धन तथा उपभोग्य वस्तुको अभाव हुन थालेकोे छ ।

पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका चार जिल्लामा इन्धन र उपभोग्य वस्तुको अभाव हुन थालेको हो । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल तथा तरकारीलगायतका सामग्रीको अभाव हुन थालेको हो ।

वैकल्पिक मार्ग नभएका कारण गत शुक्रबारदेखि डिजेल र पेट्रोल बोकेका ट्यांकर पर्वतको मोदी गाउँपालिका–५ पातीचौरमा रोकिएका छन् । लामो समयका लागि सञ्चित गर्ने व्यवस्था नहुने र बाहिरबाट ल्याउन रोकिँदा भएको सञ्चितीले नधान्ने व्यवसायी बताउँछन् । “अझै १/२ दिन डिजेल मिलाएर वितरण गरे पुग्ला तर पेट्रोल सकियो”, गण्डकी धौलागिरि पेट्रोलियम डिलर एसोसियसनका सदस्य हरिबाबु सापकोटाले भने, “एकै पटक धेरै राख्दा पेट्रोलियम पदार्थ टिक्दैन, स्टोर नभएका कारण अभाव हुने देखिएको हो ।

खाद्यान्नलगायतका अन्य सामग्रीमा भने समस्या नरहेको व्यवसायीहरुले बताएका छन् । सडक अवरुद्ध हुँदा उपचारका लागि पोखरा पुग्ने र अन्य काम विशेषले जानेहरु पर्वतको कार्कीनेटा हुँदै स्याङ्जाको बाटो आउजाउ गर्न थालेका छन् । बागलुङमा फलफुल र तरकारी बजारमा ठूलो मार परेको छ । पोखराबाट ल्याइने फलफुल र तरकारी सडकका कारण ढुवानी गर्न नसकिएको व्यवसायी मधु केसीले बताए । “तीज नजिकिँदै तर मौज्दात छैन”, केसीले भने, “बजारमा स्याउ, केरा फाटफुटमात्रै देखिन थालेको छ ।”

स्थानीय उत्पादन कम हुने सिजन भएकाले धौलागिरिका बजार क्षेत्रमा तरकारीसमेत पोखराबाट आउने गरेको छ । सडक बन्द हुँदा स्थानीय उत्पादनले बजारको माग धान्न गाह्रो रहेको व्यवसायी कृष्णप्रसाद भट्टराईले बताए । “पोखराबाट आउने बाटो धेरै दिन बन्द हुने देखियो, विकल्प छैन”, उनले भने “बुटवलबाट गलकोट हुँदै बागलुङ बजारमा फलफुल ल्याउने तयारीमा छौं ।”

घुमाउरो बाटोबाट ल्याइएका फलफुल तथा तरकारीबाट उपभोक्ता भने मारमा पर्ने छन् । अहिले बजारमा चलेको मूल्यभन्दा फलफुल तरकारीको मूल्य ढुवानीका कारण वृद्धि हुने उनले बताए । चाडपर्वका बेला फलफुलको खोजी धेरै हुने भएकाले घुमाउरो बाटो भए पनि ढुवानी थालेको उनले जानकारी दिए ।

यसैगरी, पहिराका कारण सडक अवरुद्ध हुँदा बागलुङ, पर्वतलगायतका जिल्लाबाट उपभोग्य वस्तुको निर्यातमा समस्या भएको छ । मुस्ताङको आलु, बागलुङ ताराखोलाको आलु, खसीबोका र दूधको ढुवानीसमेत रोकिएको हो । बागलुङको दक्षिण क्षेत्रमा उत्पादन हुने दूध पोखरा पुग्थ्यो । पर्वतको फलेवास र कुश्मा नगरपालिकाका केही गाउँबाट समेत पोखरा निर्यात हुने दुध शुक्रबारदेखि रोकिएको छ । लामो समय उत्पादित वस्तु बजार पठाउन नपाउँदा किसान मर्कामा छन् ।
रासस

वि.सं.२०७८ भदौ २१ सोमवार १३:०४ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...