back
CTIZAN AD

एमालेमा फेरि बल्झियो ‘जेठ २’को विवाद, माधव छाडेका नेताहरु थप संकटमा

वि.सं.२०७८ भदौ २१ सोमवार

579 

shares

भदौ २१, काठमाडौं । पार्टी संरचनालाई ०७५ जेठ २ को अवस्थामा फर्काउने वा नफर्काउने भन्ने विषयमा नेकपा (एमाले)भित्र फेरि रडाको मच्चिन थालेको छ । जेठ २ कै संरचनालाई आधार मानेर गरिएको १० बुँदे सम्झौता पनि अन्यौंलमा परेको छ ।

एमालेको संस्थापन पक्षले ‘जेठ २’ को अवस्थामा फर्कन नसकिने स्पष्ट पारेसँगै माधवकुमार नेपाल पक्षलाई अन्तिम समय छाडेका नेताहरु नैतिक संकटमा परेका छन् । उनीहरु दश बुँदे सम्झौताका आधारमा पनि जेठ २ मा फर्किने विषय निःशर्त कार्यान्वयन हुनुपर्ने बताईरहेका छन् । तर, उनीहरुसँगको सम्झौता पालना हुने अवस्था एमालेमा देखिएको छैन् ।

जेठ २ मा फर्काउने निर्णय पार्टी निर्णय होइन् : संस्थापन पक्ष

गत असार २७ मा एमालेको तेस्रो धार र पार्टी संस्थापन पक्षबीच भएको सहमतिमा पार्टी संरचनालाई निःशर्त जेठ २ को अवस्थाबाट क्रियाशील गर्ने उल्लेख छ । १० बुँदे सहमतिको बुँदा नं. २ मा लेखिएको छ – पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरु नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीका सदस्यहरु मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन् ।

तर, सहमतिअनुसार संस्थापन पक्षले भने जेठ २ कै अवस्थामा पार्टी संरचना फर्काउन जटिलता रहेको भन्दै कार्यान्वयन गर्न इन्कार गरेको छ । माधव पक्षले बेग्लै पार्टी दर्ता गरिसकेपछि एमालेको संस्थापन पक्षले यस्तो इन्कार गरेको हो ।

भदौ ७ मा पार्टी अध्यक्ष केपी शर्मा ओली र तेस्रो समूहका नेताहरुबीच १० बुँदेलाई निःशर्त कार्यान्वयनमा लैजाने सहमति भएको थियो । सोही सहमतिअनुसार भदौ ८ मा बसेको स्थायी समिति र भदौ १० मा बसेको केन्द्रीय कमिटीले उक्त कुरालाई निःशर्त कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । तर, निर्णयको मसी सुक्न नपाउँदै भने संस्थापने पक्षले निर्णय मान्न अस्वीकार गरेको छ ।

पार्टी महासचिव ईश्वर पोखरेलले स्पष्ट रुपमै उक्त निर्णय विरोधी अभिव्यक्ति दिन थालेका छन् । सँगै एमालेको संस्थापन पक्षले एकलौटी रुपमा पार्टी बैठकहरु गर्न थालेको छ ।

महासचिव पोखरेलले स्पष्ट रुपमा भनेका छन् – १० बुँदे कार्यदलले दिएको सुझाब हो, पार्टीको निर्णय होइन्, कार्यान्वयन गरिरहँदा यो यान्त्रिक ढंगले हुँदैन, सिर्जनात्मक ढंगले हुन्छ ।

सहमति पालना नभएसँगै तेस्रो समूह थप कमजोर

तेस्रो धारका नेता पार्टी उपाध्यक्ष भीम रावलको प्रभाव क्षेत्र मानिएको सुदुरपश्चिम प्रदेशमा माधव नेपालको पार्टी एमालेभन्दा ठूलो बनेको छ । सोमबारसम्म आउँदा एमालेका २५ प्रदेशसभा सदस्य मध्ये १३ जनाले माधवको पार्टी रोजेका छन् ।

यता बागमती र प्रदेश १ मा पनि सोही घटना दोहोरिएको छ । तेस्रो धारका नेताहरु तथा पार्टी उपाध्यक्षद्धय अष्टलक्ष्मी शाक्य र भीम आचार्य मुख्यमन्त्रीको बनेको बागमती र प्रदेश १ मा पनि उनीहरु निकट मानिने सांसदहरुले साथ छाडेका छन् ।

सोमबारसम्म आउँदा प्रदेश १ का १० जनाले आचार्यको छाडेका छन् भने १३ जनाले शाक्यको साथ छाडेका छन् । दुवैका सरकार पनि संकटमा परेका छन् ।

कतिपय उनीहरुकै भविष्य अन्यौंल देखिएको कारण नेता तथा सांसदहरुले साथ छाडेको बताउँछन् । निर्वाचन आयोगले भदौ २२ सम्मको समयसीमा दिएको कारण अझै थप केहिले उनीहरुलाई छाड्न सक्ने देखिएको छ ।

वि.सं.२०७८ भदौ २१ सोमवार १३:०९ मा प्रकाशित

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...