Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

नकर्मीको उपचारार्थ ५० हजार सहयोग



१३ फागुन,भक्तपुर । वरिष्ठ हास्य कलाकार एवम् साहित्यकार रामशेखर नकर्मीको उपचारार्थ भक्तपुरका लेखक तथा साहित्यकारको समूहले रु ५० हजार सहयोग प्रदान गरेको छ ।

रामशेखर नकर्मी सहयोग समितिका पदाधिकारी एवम् भक्तपुरका सङ्घसंस्थाका प्रतिनिधिहरु आज भक्तपुर क्यान्सर अस्पताल पुगेर सो सहयोग प्रदान गरेका हुन् ।

नकर्मी केही समयदेखि क्यान्सरपीडित भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । उहा“को शीघ्र स्वास्थ्यलाभको कामनासहित भक्तपुरका विभिन्न सङ्घसंस्था मिलेर नरेन्द्रभक्त हाडाको संयोजकत्वमा सहयोग समिति गठन गरेको हो ।

समितिका संयोजक नरेन्द्रभक्त हाडाले सहयोग प्रदान गर्दै नकर्मीको चाहनाअनुसार उहा“को नेपाल भाषाको कृति ‘सिमात फःफः स्व’ पुस्तकलाई नेपालीमा अनुवाद गरी प्रकाशन गर्न सहयोग समिति सक्रिय रहने प्रतिबद्धता जनाउनुका साथै नकर्मीस“ग पनि मौखिक अनुमति लिनुभएको थियो ।

सो अवसरमा भक्तपुरका वरिष्ठ साहित्यकार डा योगेन्द्र प्रधान, साहित्यकार तिलकप्रकाश कायस्थ, विमल ताम्राकार, अगिव बनेपाली, त्रिरत्न शाक्य, प्रदीप शाक्यलगायत ३० जना लेखक तथा साहित्यकारको उपस्थिति रहेको सहयोग समितिका सचिव कृष्ण प्रजापतिले जानकारी दिनुभयो ।


-->

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदान सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी