back
CTIZAN AD

नकर्मीको उपचारार्थ ५० हजार सहयोग

वि.सं.२०७३ फागुन १३ शुक्रवार

867 

shares

१३ फागुन,भक्तपुर । वरिष्ठ हास्य कलाकार एवम् साहित्यकार रामशेखर नकर्मीको उपचारार्थ भक्तपुरका लेखक तथा साहित्यकारको समूहले रु ५० हजार सहयोग प्रदान गरेको छ ।

रामशेखर नकर्मी सहयोग समितिका पदाधिकारी एवम् भक्तपुरका सङ्घसंस्थाका प्रतिनिधिहरु आज भक्तपुर क्यान्सर अस्पताल पुगेर सो सहयोग प्रदान गरेका हुन् ।

नकर्मी केही समयदेखि क्यान्सरपीडित भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । उहा“को शीघ्र स्वास्थ्यलाभको कामनासहित भक्तपुरका विभिन्न सङ्घसंस्था मिलेर नरेन्द्रभक्त हाडाको संयोजकत्वमा सहयोग समिति गठन गरेको हो ।

समितिका संयोजक नरेन्द्रभक्त हाडाले सहयोग प्रदान गर्दै नकर्मीको चाहनाअनुसार उहा“को नेपाल भाषाको कृति ‘सिमात फःफः स्व’ पुस्तकलाई नेपालीमा अनुवाद गरी प्रकाशन गर्न सहयोग समिति सक्रिय रहने प्रतिबद्धता जनाउनुका साथै नकर्मीस“ग पनि मौखिक अनुमति लिनुभएको थियो ।

सो अवसरमा भक्तपुरका वरिष्ठ साहित्यकार डा योगेन्द्र प्रधान, साहित्यकार तिलकप्रकाश कायस्थ, विमल ताम्राकार, अगिव बनेपाली, त्रिरत्न शाक्य, प्रदीप शाक्यलगायत ३० जना लेखक तथा साहित्यकारको उपस्थिति रहेको सहयोग समितिका सचिव कृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

वि.सं.२०७३ फागुन १३ शुक्रवार ११:१८ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...