back

हुलाक कार्यालय मर्मत नहुँदा जीर्ण अवस्थामा

वि.सं.२०७३ फागुन १३ शुक्रवार

819 

shares

१३ फागुन,बैतडी। जिल्लाको तल्लो स्वराड मेलौलीस्थित इलाका हुलाक कार्यालय मर्मतसम्भार तथा पुनःनिर्माणको अभावमा जीर्ण भएको छ ।

पच्चीस वर्ष पुरानो तीन कोठे उक्त कार्यालयको वर्षौसम्म मर्मतसम्भार तथा पुनःनिर्माण हुन नसक्दा जीर्ण भएर सेवा प्रवाहमासमेत समस्या भएको छ ।

विसं २०४८ मा निर्माण गरेको उक्त भवन मर्मत सम्भार हुन नसक्दा जीर्ण बन्दै गएको इलाका हुलाक कार्यालय केशरपुर मेलौलीका निमित्त कार्यालय प्रमुख रामसिंह विष्टले जानकारी दिनुभयो ।

पानी पर्दा चुहिन्छ, भवनको भित्तासमेत चर्किसकेको छ, उहाँले भन्नुभयो “पानी प¥यो भने छानामा तिर्पाल हालेर बस्नुपर्ने बाध्यता छ ”

टिनले छाएको छानामा खिया लागेर प्वाल परेकाले पानी चुहिएर यहाँ रहेका कागजपत्र तथा चिठ्ठीपत्रसमेत भिज्ने गरेकोपनि उहाँले बताउनुभयो ।

आर्थिक अभावका कारण भवनको मर्मत सम्भार गर्न सकिएको छैन्् । मर्मतका लागि आर्थिक सहयोग गरिदिन मेलौली गाविससँग अनुरोध गरेको निमित्त कार्यालय प्रमुख विष्टले बताउनुभयो ।

तल्लो स्वराडका १३ गाविस हेर्ने गरी हाल मेलौली र सर्मालीमा इलाका हुलाक कार्यालय रहेका छन् । मोबाइल फोनको प्रयोग बढेसँगै हुलाक सेवाको प्रयोगमा पनि कमि आएको छ ।

कुनै समय गोश्वारा हुलाक कार्यालयका कर्मचारीलाई घरघरमा चिठी पु¥याउन भ्याइनभ्याइ हुन्थ्यो । आजभोलि हुलाकमा व्यक्तिगत चिठी एकदमै कम आउँछन् । स्कुल, व्यापारिक क्षेत्र, वित्तीय संस्थाका चिठीमात्र हुलाकमा भेटिन्छन् । सञ्चारको अभिन्न अङ्ग बनेको हुलाकको व्यापकतालाई भने प्रविधिका नयाँ÷नयाँ आविष्कारले खुम्च्याइएका छन् ।

हुलाकलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने घोषणा सरकारले गरेको भएपनि अदालतले पठाएको चिठीसमेत म्याद गुज्रिसकेपछि मात्रै पाउने गरेको सेवाग्राहीको गुनासो छ । यस्तै ढिलासुस्तीका कारण सेवाग्राही निजी क्षेत्रबाट सञ्चालित सेवातिर तानिन थालेका छन् ।

व्यक्तिगत चिठ्ठीपत्रमा निकै न्यून रहेको र सरकारी चिठ्ठीपत्र मात्रै आउने गरेका छन इलाका हुलाक कार्यालय मेलौलीका निमित्त कार्यालय प्रमुख विष्टले भन्नुभयो – “व्यक्तिगत चिठ्ठीमा जीवन बिमाको मात्रै आउँछन्, सरकारी चिठ्ठीपत्रलाई मात्र हुलाक सेवा प्रयोग गर्ने गरिएको छ । ”
एकजना मात्र कर्मचारीको भरमा

इलाका हुलाक कार्यालय केशरपुर, मेलौलीमा हाल एकजना मात्र कर्मचारी रहेका छन् । खरिदार र हल्कारा गरी दुई जनाको दरबन्दी रहेको भए पनि हाल एकजना हल्कारा मात्रै रहेका छन् ।

कार्यालय प्रमुख धर्मराज उपाध्याय तीन महिना पहिला सरुवा भई गएपछि इलाका हुलाक कार्यालय प्रमुखविहीन भएको हो ।

बझाङ घर भएका उपाध्याय गाविस सचिव भएर गृह जिल्ला गएका हुन ।

वि.सं.२०७३ फागुन १३ शुक्रवार ११:१९ मा प्रकाशित

Himalayan Life AD
झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ खुला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ खुला

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खरखडाइ खु्ला...

गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकी । गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा...

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

दशरथचन्द (बैतडी) । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको...

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ । मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी...

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

काठमाडौँ । जेनजी अभियन्ताले आसन्न निर्वाचन मुलुकमा विधिको शासन र...