Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

हुलाक कार्यालय मर्मत नहुँदा जीर्ण अवस्थामा



१३ फागुन,बैतडी। जिल्लाको तल्लो स्वराड मेलौलीस्थित इलाका हुलाक कार्यालय मर्मतसम्भार तथा पुनःनिर्माणको अभावमा जीर्ण भएको छ ।

पच्चीस वर्ष पुरानो तीन कोठे उक्त कार्यालयको वर्षौसम्म मर्मतसम्भार तथा पुनःनिर्माण हुन नसक्दा जीर्ण भएर सेवा प्रवाहमासमेत समस्या भएको छ ।

विसं २०४८ मा निर्माण गरेको उक्त भवन मर्मत सम्भार हुन नसक्दा जीर्ण बन्दै गएको इलाका हुलाक कार्यालय केशरपुर मेलौलीका निमित्त कार्यालय प्रमुख रामसिंह विष्टले जानकारी दिनुभयो ।

पानी पर्दा चुहिन्छ, भवनको भित्तासमेत चर्किसकेको छ, उहाँले भन्नुभयो “पानी प¥यो भने छानामा तिर्पाल हालेर बस्नुपर्ने बाध्यता छ ”

टिनले छाएको छानामा खिया लागेर प्वाल परेकाले पानी चुहिएर यहाँ रहेका कागजपत्र तथा चिठ्ठीपत्रसमेत भिज्ने गरेकोपनि उहाँले बताउनुभयो ।

आर्थिक अभावका कारण भवनको मर्मत सम्भार गर्न सकिएको छैन्् । मर्मतका लागि आर्थिक सहयोग गरिदिन मेलौली गाविससँग अनुरोध गरेको निमित्त कार्यालय प्रमुख विष्टले बताउनुभयो ।

तल्लो स्वराडका १३ गाविस हेर्ने गरी हाल मेलौली र सर्मालीमा इलाका हुलाक कार्यालय रहेका छन् । मोबाइल फोनको प्रयोग बढेसँगै हुलाक सेवाको प्रयोगमा पनि कमि आएको छ ।

कुनै समय गोश्वारा हुलाक कार्यालयका कर्मचारीलाई घरघरमा चिठी पु¥याउन भ्याइनभ्याइ हुन्थ्यो । आजभोलि हुलाकमा व्यक्तिगत चिठी एकदमै कम आउँछन् । स्कुल, व्यापारिक क्षेत्र, वित्तीय संस्थाका चिठीमात्र हुलाकमा भेटिन्छन् । सञ्चारको अभिन्न अङ्ग बनेको हुलाकको व्यापकतालाई भने प्रविधिका नयाँ÷नयाँ आविष्कारले खुम्च्याइएका छन् ।

हुलाकलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने घोषणा सरकारले गरेको भएपनि अदालतले पठाएको चिठीसमेत म्याद गुज्रिसकेपछि मात्रै पाउने गरेको सेवाग्राहीको गुनासो छ । यस्तै ढिलासुस्तीका कारण सेवाग्राही निजी क्षेत्रबाट सञ्चालित सेवातिर तानिन थालेका छन् ।

व्यक्तिगत चिठ्ठीपत्रमा निकै न्यून रहेको र सरकारी चिठ्ठीपत्र मात्रै आउने गरेका छन इलाका हुलाक कार्यालय मेलौलीका निमित्त कार्यालय प्रमुख विष्टले भन्नुभयो – “व्यक्तिगत चिठ्ठीमा जीवन बिमाको मात्रै आउँछन्, सरकारी चिठ्ठीपत्रलाई मात्र हुलाक सेवा प्रयोग गर्ने गरिएको छ । ”
एकजना मात्र कर्मचारीको भरमा

इलाका हुलाक कार्यालय केशरपुर, मेलौलीमा हाल एकजना मात्र कर्मचारी रहेका छन् । खरिदार र हल्कारा गरी दुई जनाको दरबन्दी रहेको भए पनि हाल एकजना हल्कारा मात्रै रहेका छन् ।

कार्यालय प्रमुख धर्मराज उपाध्याय तीन महिना पहिला सरुवा भई गएपछि इलाका हुलाक कार्यालय प्रमुखविहीन भएको हो ।

बझाङ घर भएका उपाध्याय गाविस सचिव भएर गृह जिल्ला गएका हुन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ