back
CTIZAN AD

माधव नेपालसहित १४ सांसदमाथि कारबाही नगरी संसद चल्न नदिने एमाले निर्णय

वि.सं.२०७८ भदौ २३ बुधवार

618 

shares

भदौ २३, काठमाडौं । नेकपा (एमाले)ले माधवकुमार नेपालसहित तत्कालिन पार्टी कारबाहीमा परेका १४ सांसदहरु उपस्थित भए संसद चल्न नदिने निर्णय गरेको छ । बुधबार नयाँ बानेश्वस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दलका नेता केपी शर्मा ओलीले यथास्थितिमा सभामुखका रुपमा अग्निप्रसाद सापकोटालाई मान्न नसकिने बताए । एमाले फुटाउन सापकोटाले भूमिका खेलेको भन्दै उनले सभामुख मान्न नसकिने स्पष्ट पारे ।

‘जो एमाले सिध्याउन खोजिराख्या छ भने सभामुखको निष्पक्षता कसरी हुन्छ ? सभामुख गठबन्धनको पक्षधरमा देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो, तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने स्थिति रहेन’, ओलीले भनेका छन् ।

यद्यपि १४ सांसदहरुमाथि गरिएको कारबाहीबारे स्पष्टीकरण सुनेर भने निष्कर्षमा पुग्ने उनले बताए । ओलीले माधवकुमार नेपालसहितका १४ सांसदलाई कुनै हालतमा स्वीकार गर्न नसकिने बताए ।

‘हामीले कारबाही गरेकाको लोगो किन खोस्दैनन् सभामुखले ?’, ओलीले भने, ‘यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौं ।’

उनले आफूहरुले निष्कासन गरेका व्यक्तिहरु पनि सदनमा आउने भए माओवादी केन्द्रले निस्कासन गरेका सांसदहरुलाई पनि ल्याएर सदन चलाउन माग गरे । ओलीले भने, ‘रामबहादुर थापा राष्ट्रिय सभामा हाजिर गर्नुपर्‍यो। प्रतिनिधि सभामा टोबहादुर रायमाझी हाजिर गर्नुपर्‍यो, लेखराज भट्ट, गौरीशंकर चौधरी, प्रभु साह उहाँहरुलाई पहिले हाजिर गर्नुपर्‍यो। उहाँहरु पहिले निष्कासित हुनुभएको थियो। उहाँहरुलाई हाजिर गरेर एउटा बैठक चलाऔँ, अर्को बैठकमा विचार गरौंला।’

वि.सं.२०७८ भदौ २३ बुधवार १३:५३ मा प्रकाशित

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...