back
CTIZAN AD

एमालेलाई सांसदहरुको सुझाब : एमसीसी स्वीकार गर्न हुँदैन्

वि.सं.२०७८ भदौ २३ बुधवार

648 

shares

भदौ २३, काठमाडौं । नेकपा (एमाले)का सांसदहरुले एमसीसीलाई अस्वीकार गर्नुपर्ने सुझाब दिएका छन् । बुधबार एमाले संसदीय दलको बोल्ने अधिकांश सांसदहरुले यस्तो सुझाब दिएका हुन् ।

बैठकमा बोल्दै सांसद निरुदेवी पालले एमसीसीको पक्षमा एमाले लाग्न नहुने बताइन् । ‘अहिले देशभर जनताले नो एमसीसी भनेर विरोध गरिरहेको अवस्था छ। जनताको अभिमतलाई सम्मान गर्नुपर्छ,’ उनले भनिन्, ‘यसमा हाम्रो प्रष्ट धारणा आओस्। मेरो प्रष्ट धारणा के हो भने अहिले एमसीसीको पक्षमा एमाले लाग्नुहुन्न।’

सांसद डा. शिवमाया तुम्बाहाम्फेले पनि एमसीसीका प्रावधानप्रति गम्भीर प्रश्नहरु उठेको भन्दै उनले एमाले सजग भएर सोंच्नुपर्ने बताइन् ।

बैठकमा बोल्दै सांसद गंगा चौधरीले एमसीसी पास गर्न नहुने सुझाब राखिन् । पार्टी जोगाउन पनि एमसीसीलाई अगाडि लान नहुने सुझाब उनको छ । ‘अब देश नेपाल कम्युनिष्ट पार्टीले बचाउने आश छ,’ उनले भनिन्, ‘एमसीसी पास गर्न हुदैन।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले एमसीसीका बारेमा एमाले स्पष्ट नहुनु दुर्भाग्य भएको बताएका थिए । बैठकमा बोल्दै सांसद राजबहादुर बुढाले गाउँगाउँसम्म पुगेको एमसीसी एमाले किन अन्यौंल भनि प्रश्न गरेका थिए ।

सम्बन्धित समाचार

वि.सं.२०७८ भदौ २३ बुधवार १३:२२ मा प्रकाशित

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...