back
CTIZAN AD

मजदुर मृत भेटिए, गैँडाको आक्रमणबाट घाइते

वि.सं.२०७३ फागुन १५ आइतवार

819 

shares

१५ फागुन,रत्ननगर (चितवन) । चितवनको भरतपुरस्थित गाडी वर्कसपमा काम गर्ने एकजना मजदुर मृत भेटिएका छन् ।

भरतपुर–४ स्थित खनालचोकमा रहेको असलाम अहमदको गाडी वर्कसपमा काम गर्ने धादिङका ७० वर्षीय बाबुराम सिंमखडा आफ्नै कोठामा शनिबार मृत भेटिएका हुन् ।

प्रहरी निरीक्षक निरञ्जन भट्टराईको प्रहरी टोलीले मुचुल्का उठाई शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाइएको छ ।

यसैगरी शनिबार साँझ पूर्वी चितवनको कुमरोजमा गैँडाको आक्रमणबाट एकजना घाइते भएका छन् । खैरहनी–१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा स्थानीयवासी ५३ वर्षीय कुमारबहादुर तामाङलाई गैँडाले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

जङ्गलमा रुखबाट झरेको पात दाउरा टिप्ने क्रममा एक्कासि जङ्गली गैँडाले आक्रमण गर्दा घाइते भएको र अहिले उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

वि.सं.२०७३ फागुन १५ आइतवार ०३:०७ मा प्रकाशित

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा देवचुली नगरपालिका...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...