back
CTIZAN AD

स्वास्थ्य शिविरमा एक हजार पाँच सयले सेवा लिए

वि.सं.२०७३ फागुन १५ आइतवार

828 

shares

 १५ फागुन,रामपुर (पाल्पा) । बालिघाट क्षेत्र संरक्षण समितिको आयोजनामा डेढगाउँमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ५०० बिरामीले सेवा लिएका छन् ।

शनिबार सञ्चालन गरिएको शिविरमा कालीगण्डकी बेसीका पाल्पा, नवलपरासी, तनहुँ र स्याङ्जाका नागरिकले सेवा लिएका हुन् । एक दिने निःशुल्क शिविरमा विशेषज्ञसहितका डाक्टरद्वारा हाडजोर्नी, बालरोग, स्त्रीरोग, मानसिक रोग, नशा रोगलगायतका सेवा प्रवाह गरिएको थियो ।

स्वास्थ्य शिविरमा ८९ जनाले भिडियो एक्स–रे, अल्ट्रासोनोलोजिस्ट सेवा लिएको स्वास्थ्य एकाइका संयोजक वीरबहादुर बिसीले बताउनुभयो ।

दुई दिनको समय बिताएर पोखरा, बुटवल, कावासोतीमा स्वास्थ्य उपचारका लागि पुग्ने गरेका यहाँका स्थानीयवासीले घरदैलोमै सञ्चालन भएको शिविरबाट धेरै सुविधा लिन पाएकामा निकै उत्साहित भएको स्थानीयवासी चेतन पुलामीले बताउनुभयो ।

यहाँका स्थानीयवासीले बेलाबेलामा विभिन्न सुविधासहितको स्वास्थ्य शिविरसमेत सञ्चालन गर्न अनुरोध गरेका छन् । गाउँमा सञ्चालन भएको निःशुल्क र अत्याधुनिक शिविरबाट विविध सेवा लिनुका साथै समय र खर्चको पनि बचत भएकामा उनीहरु निकै उत्साहित भएका छन् । विशेषगरी यहाँ चलेको शिविरबाट वृद्धवृद्धा र महिला बढी लाभान्वित भएका छन् ।

वि.सं.२०७३ फागुन १५ आइतवार ०३:०९ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...