back
CTIZAN AD

कुखुरा–चल्ला आयातमा कडाइ

वि.सं.२०७३ फागुन १५ आइतवार

834 

shares

१५ फागुन,बेनी (म्याग्दी) । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।

दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका प्रमुख डा मानबहादुर पुनले बताउनुभयो ।
“दुईवटा नाकामा कर्मचारी परिचालन गरिएको छ । जिल्लामै भित्रिने सम्भावना कम भए पनि सतर्कता अपनाइरहेका छौँ” – उहाँले भन्नुभयो । बेनीबजारमा रहेको पोल्टी फार्मले तराई क्षेत्रबाट सस्तोमा कुखरा, अन्डा र चल्ला खपत गर्ने गरेका छन् । जिल्ला भित्रिने पर्वत बेनीको नाकामा प्राविधिक सुवास रेग्मी र बागलुङ जोड्ने रत्नेचौरमा टुकनाथ तिवारीलाई खटाइएको छ ।

दुईवटै नाकाबाट भित्रिने पशुपक्षीमा चेकजाँच र आवश्यकताअनुसार परीक्षण गर्ने व्यवस्था मिलाइएको पशुसेवा कार्यालयले जनाएको छ । बिहान बेलुकी लुकीछिपी भित्रन सक्ने सम्भावनालाई समेत मध्यनजर गरी प्रहरीसँग समन्वयन गरिएको छ ।

प्रजिअ राजुप्रसाद पौडेलको अध्यक्षतामा बस्ने जिल्लास्तरीय समितिको बैठकले समेत थप योजना बनाएर बर्डफ्लु नियन्त्रणका लागि आवश्यकताअनुसारको सतर्कता अपनाउने पशुसेवा कार्यालयले जनाएको छ ।

म्याग्दी जिल्लामा पर्वत बेनी हुँदै दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कुखुरा भित्रिने गर्छ । जिल्लाभित्र नै मासुका लागि पर्याप्त कुखुरा खपत हुने गरेको अवस्थामा मासु पसलका सञ्चालकले सस्तो मूल्यमा बिना परीक्षण मासु ल्याउने गरेको गुनासोसमेत गर्ने गरिन्छ ।

वि.सं.२०७३ फागुन १५ आइतवार ०३:११ मा प्रकाशित

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

मनाङ । विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने...

सरकारी वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

सरकारी वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

टीकापुर । कैलालीको टीकापुरका सरकारी कार्यालयहरु इलाका प्रशासन कार्यालय, मालपोत,...