१५ फागुन,काठमाडौँ। लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार डा बेन्जु शर्मा र प्रा रमा शर्मालार्ई शनिबार ‘लीलाध्वज स्रष्टा सम्मान’ प्रदान गरेको छ ।
नेपाली साहित्य तथा वाङ्मयका क्षेत्रको विकासमा योगदान गरेकाले उहाँहरुलाई आज सम्मान गर्दै प्रा गोपीकृष्ण शर्माले नेपाली भाषामा लेखिएका राम्रा कृतिलाई अनुवाद गरी अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा डा देवी नेपाल, भैरवी ढुङ्गाना, मुकुन्द न्यौपाने, रेहान खान, थरेन्द्र बराल, कुसुम शर्मा, सङ्गीता पनेरू, द्वारिका अन्जान, विजयध्वज थापालगायतले समसामयिक, राजनीतिक, सामाजिक सशक्तीकरणका विषयवस्तुका कविता वाचन गर्नु भएको थियो ।