back
CTIZAN AD

विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु पहिलो प्राथमिकता

वि.सं.२०७३ फागुन १५ आइतवार

744 

shares

१५ फागुन,काठमाडौँ। स्वास्थ्यमन्त्री गगनकुमार थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका साथ पाँचांै स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले विपन्न नागरिकसम्म स्वास्थ्य सेवा पु¥याउनका लागि औषधि सस्तो बनाउन मन्त्रालय लागिपरेकोे बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणलाई सेवा विस्तार गर्न नेपाली सेना र नेपाल प्रहरीका अस्पतालसँग सहकार्य गरेर काम गर्न मन्त्रालय लागिरहेको छ ।”

उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनका लागि काठमाडौँका विभिन्न १० स्थानमा स्वास्थ्य केन्द्र राख्न लागिएको जानकारी दिँदै ऐन संशोधनका लागि आफू कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मुख्यसचिव डा सोमलाल सुवेदीले जनतालाई गुणस्तरीय स्वास्थ्यसेवा दिने काममा मन्त्रालय गम्भीर हुनुपर्ने बताउँदै कर्मचारीहरुलाई राजनीतिभन्दा कामतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो । स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्र उप्रेतीले जनतालाई दिने सेवाप्रति मन्त्रालय कन्जुस्याइँ गर्दैन भन्नुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवामा उत्कृष्ट योगदान पु¥याएका जिल्ला कार्यालय अछाम, सुर्खेत र बैतडीलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार–२०७३ जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाका सुपरभाइजर ध्रुवलाल उराँव, जिल्ला स्वास्थ्य कार्यालय तनहुँका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझी, राष्ट्रिय एड्स तथा यौन रोग केन्द्र जनस्वास्थ्य निरीक्षक उषा अर्याल भट्ट र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका आयुर्वेद निरीक्षक स्व सुरेन्द्र शाहलाई प्रदान गरिएको थियो ।

वि.सं.२०७३ फागुन १५ आइतवार १०:५० मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...