back
CTIZAN AD

विप्लवको प्रश्न : के डलरमा अमेरिकीहरुको गुलामी खोजेको हो ?

वि.सं.२०७८ भदौ २८ सोमवार

678 

shares

भदौ २८, काठमाडौं । नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकाले नेपालमा जबरजस्ती एमसीसी थोपर्न खोजेको भन्दै विरोध जनाएका छन् । सोमबार काठमाडौंमा आयोजित विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै विप्लवले राष्ट्रिय स्वतन्त्रतामा आँच आउने एमसीसी स्वीकार्य नभएको बताए ।

उनले एमसीसी कुनै हालत लागु हुन नदिने बताएका छन् । ‘एमसीसी दलालहरूको कमिसनको लोभमा जबरजस्त थोपर्न खोजिएको छ, यो हामीलाई स्वीकार्य छैन्’, विप्लवले भनेका छन्, ‘हामी कुनै पनि मुल्यमा एमसीसी थोपर्न दिँदैनौं, यसलाई असफल पार्छौैं ।’

विप्लवले केहि डलरेवादीले एमसीसीमार्फत अमेरिकाको गुलामी गराउन खोजेको बताए । ‘यहाँ डलरको कुरा गरिएको छ, ५० करोड डलरको कुरा गरिएको छ’, विप्लवले भनेका छन्, ‘के तपाईँ केहि करोड डलरमा अमेरिकीहरुको गुलामी बन्न तयार हो ? के राष्ट्रिय सार्वभौमिकता सिध्याउन तयार हो ?’

विप्लवले ५० करोड डलरले नेपालको कायापलट हुने भनि फैलाइएका भ्रम लाजमर्दो भएको बताए । ‘प्रधानमन्त्रीदेखि कतिपय मन्त्रीले एमसीसीको पैसाले सम्बृद्धि हासिल गर्न सकिने बताएका छन्’, विप्लवले प्रश्न गरेका छन्, ‘ अमेरिकाले दिएको ५० करोड डलरले के नेपालको कायापलट हुन्छ ?’

वि.सं.२०७८ भदौ २८ सोमवार ११:२४ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...