back
CTIZAN AD

अपर तामाकोशीले एकैपटक बोलायो दुई वर्षको साधारण सभा, बुक क्लोज कहिले ?

वि.सं.२०७८ भदौ २८ सोमवार

738 

shares

२८ भदौँ, काठमाडौँ । अपर तामाकोशी हाइड्रो पावरले एकैपटक दुई वर्षको साधारण सभा आव्हान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को बाह्रौं र तेह्रौं वार्षिक साधारण सभा एकैपटक अर्थात असोज १९ गते बोलाएको हो । कम्पनीको उक्त सभा दरवारमार्गस्थित नेपाल विद्युत प्राधिकरणमा भर्चुअल माध्यमबाट हुनेछ ।

कम्पनीको १२ औं सभाले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिका संस्थाहरु लगायत अन्य संस्थाहरुलाई संचालक समितिको विभिन्न समितिको निर्णअनुसार आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्नेछ । साथै संचालक समितिका अध्यक्षबाट प्रस्तुत कम्पनीको सोही आवको वार्षिक प्रतिवेदनको प्रस्तुती र सो प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/०७६ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने एजेण्डा रहेका छन् ।

त्यस्तै, तेह्रौ वार्षिक साधारण सभाले पनि दोलखा जिल्ला स्थित विभिन् सामाजिक संजाल लगायत अन्य संस्थाहरुलाई संचालक समितिको विभिन्न मितिको निर्णयअनुसार आव २०७६/०७७ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ ।

साधाराण सभामा प्रयोजनको लागि कम्पनीले असोज ४ गते एक दिन बुक क्लोज गर्ने निणर्य गरेको छ । जसअनुसार असोज ३ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन पाउनेछन ।

वि.सं.२०७८ भदौ २८ सोमवार ११:२० मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...