back
CTIZAN AD

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

वि.सं.२०८३ असार १७ बुधवार

87 

shares

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको चावहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासमा रहेको ॐ समाज डेन्टल हस्पिटल प्रा.लि मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम ॐ समाज डेन्टल हस्पिटल प्रा.लि मा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा कार्यरत कर्मचारीहरुले विरामी दर्ता र चेक अपमा १०० प्रतिशत र अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा १५ देखी २५ प्रतिशत सम्म छुट हुने भएकोे छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री दीपेन्द्र राज काफ्ले र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्री बिजेन्द्र लालले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुले ॐ समाज डेन्टल हस्पिटल प्रा.लिले प्रदान गर्ने दन्त तथा मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् । नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले ग्राहक केन्द्रित सेवा विस्तार गर्दै आइरहेको छ ।

नेपालालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पु¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

वि.सं.२०८३ असार १७ बुधवार १२:३९ मा प्रकाशित

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...