back
CTIZAN AD

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

वि.सं.२०८३ असार १७ बुधवार

294 

shares

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा प्रदान गरिने प्रतिष्ठित “National Best Presented Annual (BPA) Report Award–2025” अन्तर्गत Bronze Award प्राप्त गरेको छ।

कम्पनीले आर्थिक वर्ष 2023/24 को वार्षिक प्रतिवेदन (Annual Report) उत्कृष्ट, पारदर्शी तथा व्यवस्थित रूपमा प्रस्तुत गरेबापत यो सम्मान हासिल गरेको हो। ICAN ले हरेक वर्ष सार्वजनिक तथा निजी संस्थाहरूले प्रकाशन गर्ने वार्षिक प्रतिवेदनहरूको गुणस्तर, वित्तीय पारदर्शिता, सुशासन, सूचना प्रस्तुतिकरणको स्पष्टता तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पालना जस्ता आधारमा मूल्यांकन गरी उक्त पुरस्कार प्रदान गर्ने गर्दछ।

आई.एम.ई लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिक प्रतिवेदनमार्फत वित्तीय अवस्था, जोखिम व्यवस्थापन, सुशासन प्रणाली, मानव संसाधन विकास तथा कम्पनीको समग्र कार्यसम्पादनलाई स्पष्ट, व्यवस्थित र विश्लेषणात्मक रूपमा प्रस्तुत गरेको कारण मूल्यांकनमा उत्कृष्ट ठहरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन खड्काले यो उपलब्धिलाई संस्थाको निरन्तर सुधार, पारदर्शिता र उत्तरदायी वित्तीय रिपोर्टिङप्रतिको प्रतिबद्धताको महत्वपूर्ण मान्यता भएको बताएका छन्। उनका अनुसार यस्तो सम्मानले कम्पनीलाई आगामी दिनमा अझ उच्च गुणस्तरीय प्रतिवेदन प्रस्तुत गर्न थप प्रेरणा मिल्नेछ।

यस उपलब्धिले आई.एम.ई लाइफ इन्स्योरेन्सलाई वित्तीय प्रतिवेदन प्रस्तुतिकरणको क्षेत्रमा अझ विश्वसनीय, उत्तरदायी र व्यवस्थित संस्थाको रूपमा स्थापित गर्न सहयोग पुगेको कम्पनीले जनाएको छ।

ICAN द्वारा प्रदान गरिएको यो सम्मानले नेपाली बीमा तथा वित्तीय क्षेत्रभित्र वार्षिक प्रतिवेदनको गुणस्तर सुधार गर्न सकारात्मक योगदान दिने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ असार १७ बुधवार १२:०७ मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...