back
CTIZAN AD

आज देशैभरी थपिए १४८६ कोरोना संक्रमित, १६ जनाको मृत्यु

वि.सं.२०७८ भदौ २८ सोमवार

615 

shares

२८ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १६ हजार ५३९ वटा नमुना परीक्षणमा देशैभरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका १४८६ संक्रमितसँगै देशमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ६५ हजार ४३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १२६० जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १२६० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ४० हजार ७१७ पुगेको छ ।

त्यस्तै आज देशैभरी १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९६५ पुगेको छ ।

नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २५ हजार १७१ जना होमआइसोलेशन र १५८६ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ४७५ र भेन्टिलेटरमा १३४ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ४५ लाख ५० हजार ५८१ नमुना परीक्षण गरिएको छ । साथै नेपालमा हालसम्म ५८ लाख ३३ हजार ९३८ जनाले पहिलो मात्रा र ५१ लाख ९८ हजार १९३ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा ९१ हजार ८३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

https://sansarnews.com/2021/09/12/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%95%e0%a5%8b/

वि.सं.२०७८ भदौ २८ सोमवार ११:१४ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...