back
CTIZAN AD

गण्डकी प्रदेशमा थप १७१ जनामा कोरोना संक्रमण, मृतकको संख्या शून्य

वि.सं.२०७८ भदौ २८ सोमवार

639 

shares

२८ भदौ, पोखरा । गण्डकी प्रदेशमा १७१ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सोमवार गोरखामा ६, लमजुङमा ३, तनहुँमा ९, कास्कीमा १००, बाग्लुङमा २, स्याङजामा २४ र नवलपरासीपूर्वमा २७ गरी १७१ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएकामा ८६ महिला र ८५ जना पुरुष रहेका छन् ।

सोमवार थपिएका १७१ जनासँगै प्रदेशमा हालसम्म ८३ हजार ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ८० हजार ५९८ जना निको भइसकेका छन् । सोमवार प्रदेशमा १७१ जना संक्रमणबाट मुक्त भएका छन् ।

गण्डकी प्रदेशमा सोमवार ४ जिल्लामा सं क्रमितको संख्या शून्य रहेको छ भने लामो समयपछि प्रदेशमा सोमवार मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

प्रदेशमा हालसम्म १३३२ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल १७४२ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १६६० जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९२९ वटा नमुना परीक्षण गरिएको छ ।

No photo description available.

वि.सं.२०७८ भदौ २८ सोमवार ११:४२ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...