back
CTIZAN AD

ओलीले फोन अफ गरेर बसेपछि…

वि.सं.२०७८ भदौ २८ सोमवार

657 

shares

भदौ २८, काठमाडौं । नेकपा (एमाले)को निरन्तर अवरोध पछि संसद बैठक सञ्चालन हुन नसकेसँगै सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक डाकेर समाधान खोज्ने प्रयास गरे । तर, संसद बैठकमा विभिन्न माग राख्दै अवरोध गर्दै आएको एमालेबाटै सर्वदलीय बैठक भने बहिस्कार भयो । जसको कारण सोमबारको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ ।

सर्वदलीय बैठकमा एमाले अनुपस्थिति भएसँगै दलहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भए/नभएको बारे सभामुखलाई जिज्ञासा राखेका थिए । सभामुखले बैठकलाई गराएको ब्रिफिङ्गअनुसार सभामुखको फोन गएसँगै ओलीले फोन नै अफ गरिदिएपछि सभामुख र ओलीबीच सम्पर्क हुन सकेनछ ।

‘उहाँले ओलीसँग सम्पर्क गर्नको निम्ति घण्टौं प्रयास गर्नुभएछ तर, फोन नै अफ गरेपछि सम्पर्क हुन सकेनछ’, सापकोटाले गरेको ब्रिफिङ्गबारे जानकारी दिँदै राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले भनेकी छिन्, ‘ओलीसँग सम्पर्क हुन नसकेपछि अन्यबाट उहाँले आउन नसक्ने जानकारी पाउनुभएछ ।’

पौडेलले जनाएअनुुसार पूर्वसभामुखसमेत रहेका नेता सुवास नेम्वाङले बैठकमा उपस्थित हुन नसक्ने जानकारी सभामुख सापकोटालाई गराएका थिए ।

बुधबारदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गका बैठकहरु एमालेको अवरोधका कारण स्थगित हुँदै आएको छ । एमालेको अवरोधकै बीच शुक्रबार सरकारले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गरेको थियो ।

तर, आइतबार बसेको बैठक निरन्तर अवरोधका कारण स्थगित भएको थियो । सभामुखले मंगलबारका लागि संसद बैठक बोलाएका छन् । मंगलबारको बैठकलाई सूचारु गराउन उनले सर्वदलीय बैठक बोलाएका हुन् । तर, एमाले नै अनुपस्थित भएसँगै मंगलबारको बैठक पनि अनिश्चित बनेको छ ।

वि.सं.२०७८ भदौ २८ सोमवार १२:१६ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...