back
CTIZAN AD

संवैधानिक परिषद्सम्बन्धी विवादको सुनुवाइ गर्न माग गर्दै अधिवक्ता अर्यालद्वारा पुरक निवेदन दर्ता

वि.सं.२०७८ भदौ २८ सोमवार

660 

shares

२८ भदौ, काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन संवैधानिक परिषद्मा गरिएको नियुक्ति बदर गर्न माग गरिएको मुद्दामा न्यायिक काम कारबाही तत्काल पुनः सञ्चालन गर्न पूरक निवेदन परेको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक नियुक्ति खारेज गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमाथि अवरुद्ध सुनुवाइ तत्काल पुनः सञ्चालन गर्न माग गर्दै आज पूरक निवेदन दर्ता गरेका हुन् । “संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध हुने काम कारबाही निश्कृय पार्न, रोकथाम गर्न, पुनरावृत्ति हुन नदिने र बिना अवरोध सुनुवाइ हुन नदिन न्यायिक टिप्पणीसहित उत्प्रेषण, परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरी पाउँ”, पुरक निवेदनमा भनिएको छ ।

अधिवक्ता अर्यालले सोमबार सर्वोच्च अदालतमा दर्ता गराएको पुरक निवेदनमा सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन-नियमावली, २०७२ को नियम १९९४० बमोजिम मूल मुद्दाको सुनुवाइ तत्काल पुनः सञ्चालन गर्नु भनि प्रारम्भिक सुनुवाइबाटै अन्तरिम आदेश जारी गरी अविलम्ब न्याय निरूपणमा लागि निरन्तर सुनुवाइमा राख्न माग गरिएको छ । यसअघि, न्यायाधीश हरि फुँयालको एकल इजलासले प्रधानन्यायाधीश संवैधानिक इजलासमा रहने वा नरहने भन्ने विवादको अन्तिम टुङ्गो नलागेसम्म सुनुवाइ रोक्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि, संवैधानिक परिषद्मा नियुक्तिसम्बन्धी विवादको सुनुवाइ तत्काका लागि रोकिएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशअनुसार विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग गर्दै अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । अर्यालको रिटको सुनुवाइ न्यायाधीश हरि फुयालको एकल इजलासको आदेशपछि रोकिएको थियो ।

वि.सं.२०७८ भदौ २८ सोमवार १४:१० मा प्रकाशित

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...