back
CTIZAN AD

पौडेल समूहद्वारा डडेलधुराको वडामा पुनः अधिवेशन गर्न माग

वि.सं.२०७८ भदौ २८ सोमवार

771 

shares

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले डडेलधुराको वडामा पुनः अधिवेशन गर्न माग गरेको छ । डंडेलधुराको वडामा भएको वडा अधिवेशन स्वीकार नगर्ने बताउँदै पुनः वडा अधिवेशन गर्न माग गरेको हो ।

सोमबार बसेको पौडेल समूहको बैठकले डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य नहुने भन्दै पुनः अधिवेशनको माग गरेको छ ।

बैठकले डंडेल्धुरामा घटेको उक्त अधिवेशन अनियमितता र स्वेच्छाचारी प्रवृत्ति रहेको पनि बैठकको निष्कर्ष रहेको छ । बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेलधुरामा पुनः वडा अधिवेशनको मागसँगै त्यसलाई स्वीकार गर्न तयार नभएको बताएका छन् । उनले भने “पार्टीको १४ औँ महाधिवेशनका क्रममा क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको छ, दादागिरी गरेर निष्ठावान् कार्यकर्तालाई पन्छाउन खोजिएको छ, डडेल्धुरामा पार्टी जिल्ला समितिलाई एकातिर राखेर प्रहरी प्रशासनको बलमा वडा अधिवेशन गरिएको छ, यो पार्टीका लागि दुर्भाग्य नबनोस्।’

त्यस्तै डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनीक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भएकाे उनले बताएका छन् ।

सो बैठकले अधिवेशन हुन बाँकी २० जिल्लामा यस्तो खालको अवस्था सिर्जना उत्पन्न हुन नदिने निष्कर्ष निकालेको छ ।

वि.सं.२०७८ भदौ २८ सोमवार १४:२६ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...