back
CTIZAN AD

अमेरिकाको ओहायोमा आगलागी हुँदा पाँच नेपाली भाषीको मृत्यु

वि.सं.२०७८ भदौ २९ मंगलवार

546 

shares

२९ भदौ, अमेरिका । अमेरिकाको ओहायो राज्यमा आगलागीमा परि पाँच नेपाली भाषीको मृत्यु भएको छ ।

ओहायो राज्यको आक्रन शहरमा सोमवार भएको आगलगीमा परि नेपाली भाषी भुटानी परिवारका पाँच सदस्यहरुको मृत्यु भएको हो ।

सोमबार बिहान भएको उक्त आगलागीमा परेर तीन बालबालिका र २ जना वयस्कको निधन भएको हो ।

आक्रन अग्नी नियन्त्रण बिभागका अनुसार आक्रन शहरको लिनडेन एभेन्युस्थित १११८ घर संख्यामा बिहान १२: ५० मा आगो लाग्दा अन्य ४ जना घाइते भएका छन् ।

विभागका अनुसार आकस्मिक कामदारहरुले उनीहरुका छिमेकी र नातेदारहरुले त्यहा पुगे पछि परिवारका सदस्यहरुलाई बाहिर निकाल्ने प्रयास गरेका थिए ।

त्यहाँको शव परीक्षण केन्द्रका अनुसार ३ जना बालबालिका र २ जना वयस्कको मृत्यु भएको उल्लेख गरेको छ । उनीहरु पढ्ने बिद्यालय आर्कन सरकारी बिद्यालयका प्रवक्ताका अनुसार ५, ११ र १६ बर्षका बालबालिकाको मृत्यु भएको हो ।

त्यस्तै आगलागीका मुख्य अनुसन्धान प्रमुख ग्यारी गुनथरका अनुसार बालबालिका सहित करिव ६० बर्षिय पुरुष तथा ४८ बर्षिय महिलाको निधन भएको बताए । उक्त स्थानमा २०१७ पछिको सबै भन्दा डरलाग्दो आगजनीको घटना भएको बताईएको छ ।

मृतकका नातेदार यम सुब्बा भने व्यक्ति कोलम्बसबाट आर्कन आएका छन् । सोमबार आगजनी हुँदा छिमेकी र नातेदारहरु त्यहा अगाडी भेला भएका मध्ये यम सुब्बा एक थिए । उनले आफ्नो पिताको निधन भएको जानकारी दिएका छन् । र ,उनले के कारणले आगजनी भयो भन्ने बारेमा पत्ता लगाउन कोसिस गरि रहेको सपनि स्थानीय संचारमाध्यमलाई बताएका छन् ।

वि.सं.२०७८ भदौ २९ मंगलवार ११:०० मा प्रकाशित

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...

सभरेन एआई र बजेट रोडम्यापमा केन्द्रित ’डिजिटल गण्डकी संवाद २०२६’ भोलि पोखरामा हुँदै

सभरेन एआई र बजेट रोडम्यापमा केन्द्रित ’डिजिटल गण्डकी संवाद २०२६’ भोलि पोखरामा हुँदै

पोखरा, कास्की । देशभर सूचना प्रविधिको विकास र नीतिगत बहसलाई...

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

काँक्रेविहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

प्रतिनिधिसभा सदस्य निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु

काठमाडौँ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...