back
CTIZAN AD

गणतन्त्रको प्रिय रातो फूल

वि.सं.२०८३ जेठ १५ शुक्रवार

1.9K 

shares

तिम्रो सुगन्ध सुघ्ने भन्दै,
केहि मानिसहरु बगैचा कब्जाको,
रमाईलो गर्दैछन अहिले,
मलाई असाध्यै पीर छ,
कतै तिमीलाई पो निमोठछन् की ।

यति राम्रो फूल बनाउन,
सक्कली मालीले कति मेहनत गयो,
कति चिथोरीयो, कति घाउ सह्यो,
तिम्रो आत्मालाई थाहा छ सबै,
तिमी सहि बोल्न डराएनौं भने,
तिमी हुर्कीएको इतिहास पनि सत्य लेखिने हो ।

मालीमाथिका धम्की, तिमीले पनि सुनेको हो,
तिम्रो बीउ कुनै दरबारको शिरबाट ल्याएको थिएन,
अनकण्टार भीरमा मार्च गर्ने,
आँशु र रगत मिसिएको,
जनसंग्रामको बाटोमा भेटीएको थियो ।

भोकले चिरीएको पेटभित्र,
अन्यायले थिचिएको छातीभित्र,
स्वतन्त्रताको सपना बोकेको जनताको चेतनाभित्र,
आक्रोश र विवेकको सन्तुलनमा,
तिम्रो बीउ पसेको थियो ।

सत्य खोल रातो फूल,
तिमीलाई हुर्काउने हातहरु कता बाँधिएका छन्,
तिम्रो सक्कली माली कता प्रताडित छ,
तिम्रो यति सुन्दर ज्यानमाथि,
स्वार्थका किराहरू हिँडिरहेको बेला,
उसले कसरी हेरेको होला ?

त्यागको इतिहास बेचेर,
सत्ताको सिंहासन सजाउनेहरूले,
तिमीलाइ हलक्क देखाउन,
चर्को बिषादी छरेजस्तो छ,
उनीहरुलाई तिम्रो मौलीकता किन चाहिन्थ्यो र ।

उनीहरु फूलको सुगन्धमा होइन,
केवल रंगमा हौसिरहने र मस्तिमा तैरीने खेलाडी हुन,
जनताको आत्मासँग जोडिएको तिम्रो सक्कली माली,
ठुलो ठक्कर र अपहरणबाट फेरी मुक्त हुन्छ,
वर्ग प्रेमका लागि उ जुरुक्क उठ्छ ।

#peoplewarofnepal #Nepalijanasena #nepalnews

 

वि.सं.२०८३ जेठ १५ शुक्रवार १०:२७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...