back
CTIZAN AD

बैंकिङ कसुरमा फरार रहेका एक पुरुष पक्राउ

वि.सं.२०७८ भदौ २९ मंगलवार

615 

shares

२९ भदौ, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई सुन्दरीजलबाट पक्राउ गरेको छ ।

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित विशेष टोलीले बारा जिल्ला जीतपुर सिमरा स्थायी घर भई बूढानीलकण्ठ गोल्फुटार बस्ने २६ वर्षीय अनिस सुन्दासलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई लक्ष्मी बैंकको चेक दिएका थिए ।

सोहीअनुरुप उच्च अदालत पाटनले २०७७ चैत ८ गते सुन्दासलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम सात दिन कैँद र सात लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले बताए ।
रासस

वि.सं.२०७८ भदौ २९ मंगलवार ११:११ मा प्रकाशित

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...

सभरेन एआई र बजेट रोडम्यापमा केन्द्रित ’डिजिटल गण्डकी संवाद २०२६’ भोलि पोखरामा हुँदै

सभरेन एआई र बजेट रोडम्यापमा केन्द्रित ’डिजिटल गण्डकी संवाद २०२६’ भोलि पोखरामा हुँदै

पोखरा, कास्की । देशभर सूचना प्रविधिको विकास र नीतिगत बहसलाई...

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

काँक्रेविहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

प्रतिनिधिसभा सदस्य निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु

काठमाडौँ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...