२९ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १४ हजार ४४३ वटा नमुना परीक्षणमा देशैभरी १५६८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका १५६८ संक्रमितसँगै देशमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ६६ हजार ६११ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १५८९ जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १५८९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ ।
त्यस्तै आज देशैभरी १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९८४ पुगेको छ ।
नेपालमा हाल २६ हजार २०२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २४ हजार ६९० जना होमआइसोलेशन र १५१२ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।
हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ४५३ र भेन्टिलेटरमा १३७ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ । सोमबारको तुलनामा आज आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्यामा कमी आएको छ ।
नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन गरी ४५ लाख ६५ हजार २४ नमुना परीक्षण गरिएको छ ।
नेपालमा हालसम्म ५८ लाख ७७ हजार ७९ जनाले पहिलो मात्रा र ५२ लाख ४३ हजार २३६ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा ८८ हजार १८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
वि.सं.२०७८ भदौ २९ मंगलवार ११:१४ मा प्रकाशित






























