back
CTIZAN AD

नेप्सेमा दोहोरो अकंको वृद्धि

वि.सं.२०७८ असोज ५ मंगलवार

603 

shares

५ असोज, काठमाडौँ । केहि दिन देखि निरन्तर ओरालो लागेको सेयर बजार (नेप्से) आज (मंगलबार) भने दोहोरो अकंले बढेको छ । आज बजार परिसूचक १३ दशमलव ८३ अकंले बढेर समग्र परिसूचक २७१२ दशमलव ०७ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि २ दशमलब ३६ अकंले बढेर ५०८ दशमलब ६३ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२३ कम्पनीको ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैंया बराबरको १ करोड ५३ लाख ६ हजार ०६१ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ९५ हजार ६ सय ४६ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाईड्रोपावर, नविल बैंक, नेपाल इन्फास्ट्रक्चर बैंक, हिमालयन डिष्टिलरी, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नबिल ब्यालेन्सड फण्ड, नेपाल इन्फास्ट्रक्चर बैंक, अरुण भ्याली हाईड्रोपावर, नबिल इक्यूटी फण्ड, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज मनाकामना स्मार्ट लघुवित्त, रुरु जलविघृत कम्पनी, नेपाल इन्फास्ट्रक्चर बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, माहुली सामुदायिक लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु कमाउने परेका छन भने सानिमा लार्ज क्याप फण्ड, एक्सल डेभल्पमेन्ट बैंक, जानकी फाइनान्स, माउन्टेन इनर्जी, सर्पोट माईक्रोफाइनान्स लगायतका कम्पनीका लगानीकताहरु गुमाउनेमा परेका छन ।

आज भएको कारोबारमा १२२ कम्पनी लागनीकर्ताले कमाउदाँ ५४ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ९ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ असोज ५ मंगलवार १५:२४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...