back
CTIZAN AD

चुडामणि शर्मासँग ५० लाख धरौटी माग, तारेखमा छाड्न आदेश

वि.सं.२०७८ असोज ११ सोमवार

765 

shares

काठमाडौं । कर फर्छ्यौट आयोगका सदस्य सचिव हुँदा भ्रष्टाचार गरेको आरोप लागेका निलम्बित सहसचिव चुडामणि शर्मालाई विशेष अदालतले ५० लाख धरौटी मागेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत असार ९ मा विशेष अदालतमा दर्ता गरेको राजश्व चुहावट मुद्दामा सुनुवाइ गर्दै विशेषले शर्मासँग उक्त धरौटी रकम माग गरेको हो ।

कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

शर्मा आन्तरिक राजश्व विभागको महानिर्देशक रहेका बखत २०७१ माघ २२ माघमा गठित कर फर्स्यौट आयोगमा सदस्य थिए । शर्मासहितका पदाधिकारीले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानी नोक्सानी पुर्‍याई बदनियतपूर्ण काम गरेको सप्रमाण पुष्टि भएको अख्तियारको दावी छ ।

सोमबार विशेष अदालतमा उपस्थित भएका शर्मासँग बयान लिइएको थियो । बयानका क्रममा शर्माले आफूहरूले कानून विपरीतको कुनै काम नगरेको दाबी गरेका थिए । तर विशेष इजलासले भने आयोगको निर्णयबाट करदाताले छुट पाएको देखिएको भन्दै उनलाई तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष मान्न नमिल्ने भनेको छ ।

शर्माको बयानपछि अदालतका न्यायाधीशद्वय अब्दूल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा थुनछेक बहस भएको थियो । उनी भागेर जाने वा उनले प्रमाण नष्ट गर्नसक्ने अवस्था नभएकोले धरौटी मागेर तारेखमा छाड्नु उपयुक्त हुने अदालतको आदेशमा उल्लेख छ । ५० लाख रूपैयाँ धरौटी माग गर्ने र नगद वा बैंक जमानत दिन नसके उनलाई थुनामा पठाउन अदालतको आदेशमा भनिएको छ ।

यस्तो छ आदेशको पूर्णपाठ :

वि.सं.२०७८ असोज ११ सोमवार १९:१४ मा प्रकाशित

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...