back
CTIZAN AD

एनआरएनएमा सर्वसम्मत नेतृत्व छानियोस्–संस्थापक महासचिव भिम उदास

वि.सं.२०७८ असोज ११ सोमवार

708 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक महासचिव तथा म्यानमारका लागि पूर्वराजदूत भिम उदासले गैरआवासीय नेपाली संघको आगामि दसौं महाधिबेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन हुनुपर्ने बताएका छन् ।

आइतवार राजधानीको याक एण्ड यति होटलमा संघको आगामी अक्टोबर २३ देखि २५ सम्म हुने दसौं महाधिबेशनका लागि कूल आचार्यद्धारा संघको अध्यक्ष पदमा औपचारिकरुपमा उम्मेदवारी घोषणा गरिएको कार्यक्रममा पूर्वमहासचिव उदासले सो कुरा बताएका हुन् ।

यद्यपी प्रजातन्त्र र लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले यदि सर्वसम्मत नेतृत्व चयन हुन नसक्ने अवस्थामा मतदाताको मताधिकारलाई सम्मान गर्दै चुनावी प्रतिश्पर्धामा जानुपर्ने समेत उदासले बताए ।

‘भोर्टसहरुको पनि चाहना हुन्छ कि, हाम्रो भोट काउन्ट हुनुपर्छ र हाम्रो भोट दिन पाउने अधिकारलाई पनि सम्मान गर्नुपर्दछ । सबैभन्दा राम्रो सर्वसम्मत रुपमा नेतृत्व चयन भइदियो भने झनै राम्रो अझै पनि हाीस्सँग केही समय बाँकी रहेकोले कुल आचार्यजीलगायत जो–जो अध्यक्षका उम्मेदवार हुनुहुन्छ उहाँहरुको बीचमा सहमति भइदियो भने संसारभरी राम्रो सन्देश जाने थियो ।’

कार्यक्रममा अध्यक्षका उम्मेदवार कुल आर्चायले आफ्नो उम्मेदवारी घोषणा गर्दै संस्थामा ५ लाख पंजिकृत सदस्य पुर्याउने, नागरिकता, पासर्पोर्ट तथा पैत्रिक सम्पत्ति रक्षा जस्ता समस्या समाधानमा तत्काल पहल गर्ने, एनसीसीहरुको संख्या १०० पुर्याउने, नेपाल सरकारसँग मिलेर ‘एनआरएनए सीप विकास केन्द्र स्थापना गर्ने, खाडी राष्ट्रमा रहेको नेपालीहरुको सानो–सानो पुँजीलाई एकिकृत गर्दै मुनाफामुलक क्षेत्रमा सामुहिक लगानीको अवधारणा बनाउने लगायतका प्रतिबद्धता गरेका थिए ।


विभिन्न पदमा उम्मेदवारी घोषणा
संघका उपाध्यक्ष सोनाम शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेल्जियमबाट जानकी गुरुङले महिला उपाध्यक्षमा तथा कतारबाट आरके शर्मा र अमेरिकाबाट एसी शेर्पाले उपाध्यक्षमा युइएबाट राज रेग्मीले युवा उपाध्यक्षमा, अमेरिकाबाट डा. केशव पौडेलले महासचिव मा, मलेसियाबाट खगेन्द्र न्यौपानेले सचिवमा, डेनमार्कबाट सोम सापकोटाले कोषाध्यक्षमा, युएईबाट मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ ले युवा संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

संघको अध्यक्ष पदमा हालसम्म डा. बद्रि केसी, कुल आचार्य र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

वि.सं.२०७८ असोज ११ सोमवार १७:३६ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...