काठमाडौँ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिन सिफारिस गरेको हो ।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशतमा पुगे दल विभाजन हुन सक्ने प्रावधानसहितको अध्यादेश जारी गरेकी थिइन् । यससँगै अब मन्त्रीपरिषद् विस्तारको गाँठो फुकेको छ ।
देउवा सरकारले १ भदौमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याए पार्टी फुट्न सक्ने प्रावधानसहितको राजनीतिक दलसम्बन्धी अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपतिले भोलिपल्टै अध्यादेश जारी गरेको थिइन् । अध्यादेशपछि नेकपा (एमाले) र जसपा विभाजित भएका छन् । एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको छ ।
वि.सं.२०७८ असोज ११ सोमवार १९:५९ मा प्रकाशित






























