भारत । भारतमा कोरोना संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा सोमवार २४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको यो संख्या सात महिना यताकै कमी हो ।
सोहि अवधिमा ३४ हजार ४६७ जना संक्रमणबाट मुक्त भएका छन् । भारतमा सोमबार थपिएका २४ हजार ८९७ जनासँगै हालसम्म संक्रमित हुनेको संख्या ३ करोड ३५ लाख पुगेको छ भने सोहि अवधिमा ३ करोड २७ लाख संक्रमणबाट मुक्त भएका छन् ।
भारतमा सोमबार २५१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । सोमबार थपिएका २५१ जनासँगै भारतमा ४ लाख ४५ हजारले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
त्यसैगरी हाल ३ लाख २ हजार सक्रिय संक्रमितको उपचार भइरहेको बताइएको छ ।
वि.सं.२०७८ असोज १२ मंगलवार ०९:५४ मा प्रकाशित






























