back
CTIZAN AD

जर्मनीमा सोसल डेमोक्र्याट विजयी, नयाँ चान्सलर निर्वाचित हुने

वि.सं.२०७८ असोज १२ मंगलवार

621 

shares

एएनआई । जर्मनीमा सोसल डेमोक्र्याट विजयी भएसँगै नयाँ चान्सलर निर्वाचित हुने भएको छ ।

जर्मनीमा भएको सङ्घीय संसद्को निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) विजयी भएको हो । एसपीडीले २५ प्रतिशतभन्दा बढी मत ल्याएर सबैभन्दा ठूलो पार्टी भएको निर्वाचन आयोगले घोषणा गरेको छ ।

सबै जिल्लाबाट प्राप्त विवरणहरुलाई रुजु गरेर अन्तिम रुप दिएपछि मात्रै यस्तो विवरण देखिएको आयोगले जनाएको छ । क्रिश्चियन सोसल युनियन पार्टीले एसपीडीलाई टक्कर दिएको छ । सो पार्टीले २४.१ प्रतिशत मत ल्याएर संसद्मा दोस्रो ठूलो दल भएको छ ।

त्यसैगरी तेस्रो भएको द ग्रिन्स पार्टीले १४.८ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ । आयोगका अनुसार फ्रि डेमोक्र्याटिक पार्टी (एएफडी)ले ११.५ प्रतिशत मतका साथ चौथो दल हुँदा द एलाइन्स फर जर्मनी (एएफडी) १०.३ प्रतिशत मतसहित पाँचौँ भएको छ ।

नयाँ गठन भएको संसद्ले नयाँ चान्सलर चयन गर्ने छ । झण्डै १६ वर्ष चान्सलर बन्नु भएकी एंगेला मर्केलले बिदा लिएपछि नयाँ चान्सलर निर्वाचित गर्नुपर्ने भएको हो । मर्केलको उत्तराधिकारीले नै नयाँ सरकार पनि गठन गर्ने छन् । नयाँ संसद् गठनका लागि गत शनिबार मतदान भएको थियो ।

वि.सं.२०७८ असोज १२ मंगलवार ०९:५२ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...