Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

निर्वाचनमा लाग्न मन्त्री बुढाथोकीको आग्रह



१८ फागुन,इलाम । सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले अहिले स्थानीय निकाय र स्वास्थ्य क्षेत्रका कर्मचारीले गरिरहेको आन्दोलनलाई सरकारले गम्भीररूपमा लिएको बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) इलामले मङ्गलबार सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बुढाथोकीले कर्मचारीको जायज मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्री बुढाथोकीले अब हुने सङ्घीय संरचनामा कर्मचारीको व्यवस्थापन गर्नका लागि सरकार लागिपरेको र स्थानीय निकायको संरचनामा कर्मचारीलाई कुनै पनि किसिमको अप्ठ्यारो नपर्ने गरी व्यवस्थापन गरिने पनि बताउनुभयो ।

उहाँले कार्यालयको कामकाजप्रति जिम्मेवार बन्दै सेवाग्राहीलाई सहज र छिटो ढङ्गले सेवा दिन पनि कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । एक फरक प्रसङ्गमा मन्त्री बुढाथोकीले सरकारले घोषणा गरेकै मितिमा स्थानीय तहको निर्वाचन हुने दाबी गर्दै दुई दशकको अन्तरालमा हुन लागेको स्थानीय निकायको निर्वाचनमा सक्रिय भएर लाग्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

“संविधान कार्यन्वयनका लागि पनि तोकिएको मितिमा तीनै तहको निर्वाचन अपरिहार्य छ”, मन्त्री बुढाथोकीले भन्नुभयो, “धेरै ठूलो बलिदानीपछि बनाइएको संविधान कार्यान्वयन गर्नका लागि पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्नैपर्ने दायित्व छ ।”

स्थानीय तहको निर्वाचन भएपछि विकास निर्माणका कामले गति लिने भएकाले यस निर्वाचनलाई सफल बनाउनका लागि सबै क्षेत्र एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । चुनावी घोषणासँगै देश चुनावमा होमिइसकेको बताउँदै मन्त्री बुढाथोकीले यसलाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । बेलायत र युएई पठाइदिन्छु भनेर २२ लाख बढी ठगी गर्ने २ जना

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.