back
CTIZAN AD

नेपालले हिन्दू राष्ट्रका रुपमा पुनःस्थापित गर्नुपर्छ – शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

624 

shares

रुपन्देही । भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दूत्वको प्रतिनिधित्व आवश्यक भएको बताए ।

भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्दै शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले भने, “हिन्दूत्वको प्रतिनिधित्व हुन आवश्यक छ, त्यसो नभए समस्या भइरहन्छ ।” उनले नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिए। नेपालको सुरक्षाका लागि पनि हिन्दू राष्ट्र जरुरी रहेको उनको दाबी छ ।

भैरहवाको महेन्द्र सभागृहको सभाहलमा आयोजित धर्मसभालाई सम्बोधन गर्दै श्रीनिश्चलानन्दलले नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, बर्मा, भुटान र तिब्बतको हिस्सा हुँदै मानसरोबरसम्म हिन्दूत्वको प्रभाव बढाउने पनि बताउनुभयो । उनले भने, “पूरा एसिया महाद्वीप हिन्दू राष्ट्रका रूपमा स्थापित हुनेछ ।”

श्रीनिश्चलानन्दले सनातन आर्य बैदिक हिन्दूलाई मान्ने हरेक व्यक्ति ज्ञानबाट आरक्षित र दुव्र्यसनबाट मुक्त र आर्थिकरूपले पनि सम्पन्नशाली हुँदै जाने बताए । उनले पूरा विश्व अर्थको लागि क्रान्ति गरिरहेको छ भन्दै आर्थिक विपन्नता हटाउने माध्ययम नै सनातन आर्य बैदिक हिन्दूत्वको अङ्गीकार भएको बताए ।

नेपालका धर्मगुरुहरुको उपस्थिति रहेको उक्त धर्मसभामा शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दलाई सम्मानसमेत गरिएको थियो । कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न धर्मसभामा शङ्कर खराल, डा चिन्तामणि योगी, व्यासआचार्य किशोर गौतमले नेपालको धार्मिक अवस्थाका बारेमा आफ्ना धारणा राखेका थिए ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार ०९:२६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...