काठमाडौं । त्रि.वि शिक्षण अस्पताल महाराजगन्जले कर्मचारीको माग गरेको छ ।
अस्पताल अन्तर्गत विभिन्न विभागका लागि केही हाउस अफिसर पदहरु करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले एम.बी.बी.एस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सीलको लाइसेन्स लिएका महिला तथा पुरुषले आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।
अस्पताल प्रशासनका अनुसार कात्तिक १५ गतेभित्र उक्त आवेदन दिइसक्नुपर्नेछ ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार ०९:४६ मा प्रकाशित






























