back
CTIZAN AD

प्रधानन्यायाधीश राणा महाभियोग सामना गर्न तयार, भन्छन् – कसैकाे दबावकै भरमा पद छाड्दिन

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

639 

shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले यत्तिकै राजीनामा नदिने प्रष्ट पारेका छन् । बीबीसी नेपालीसँग कुराकानी गर्दै उनले ‘कसैले दबाब दिँदैमा राजीनामा नदिने’ प्रष्ट पारे ।

महाअभियोगको चर्चा भईरहेको बेला उनले आवश्यक परे सामना गर्न तयार रहेको बताए ।

संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै राणाले प्रक्रियाबाटै मात्रै बाहिरिने स्पष्ट पारेका छन् । प्रधानन्यायाधीश जबराले भने,‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो।’

पूर्वप्रधानन्यायाधीश, नेपाल बार एशोसिएशन र सर्वोच्चकै न्यायाधीशहरुले राजीनामा मागिरहेको सन्दर्भमा उनले यत्तिकै राजीनामा नदिने आफ्नो अडान स्पष्ट पारेका हुन् । राणाले न्यायापालिकालाई लथालिङ्ग पारेर नजाने पनि प्रष्ट पारेका छन् ।

प्रधानन्यायाधीश राणा पछिल्लो पटक मन्त्रिपरिषद् विस्तारसँगै विवादमा तानिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले राणाका नातेदार पर्ने गजेन्द्र हमाललाई मन्त्रीमा नियुक्त गरेसँगै उनको भूमिकालाई लिएर विरोध सुरु भएको थियो ।

सत्तामा भागवण्डा खोजेको भन्ने कोणबाट उनको भूमिकामाथि गम्भीर प्रश्न उठाइएको छ ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार ११:५६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...