back
CTIZAN AD

पुष्प व्यवसायतर्फ आकर्षित बन्दै युवा

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

570 

shares

चितवन । जिल्लामा पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।

यो व्यवसायमा यहाँका युवा आकर्षित भएका छन् । भरतपुर महानगरपालिका–७ मा दुई युवा मिलेर जग्गा भाडामा लिई पुष्प व्यवसाय गर्दै आएका छन् ।

अजय यादव र सागर कार्कीले संयुक्तरूपमा एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएर २१ कठ्ठा जग्गामा फूलखेती गरेका छन् । अहिले उनीहरुको बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

कृर्षिमा अध्ययन गरेका यादव र इञ्जीनियरीङ पढे्का कार्की विगत चार वर्षदेखि पुष्पखेतीमा लागेका हुन् । सुरुआती वर्ष प्रयोगका लागि १०० वटा बिरुवा रोपेर व्यवसाय सुरु गरेका यादव र कार्की अहिले एक बिघाभन्दा बढी क्षेत्रफलमा पुष्पखेती गर्दै आएका छन् ।

भाडामा लिएको जग्गामध्ये २१ कठ्ठामा उनीहरूले व्यावसायिकरूपमा सयपत्री पुष्प व्यवसाय गरेका छन् भने अन्यमा नर्सरी र अध्ययनका लागि काम गरिरहेका छन् ।

यादवका अनुसार माली दाइ एग्रो इनोभेशन प्रालि नाम दिएर उनीहरूले कुन मौसममा सयपत्री फूललाई कसरी लगाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेका छन् । यादवले भने, “व्यावसायिकरूपमा खेती गर्दा अध्ययन आवश्यक भएकाले अध्ययनको काम पनि सँगै अघि लगिएको छ ।”

अध्ययन गर्ने क्रममा करोडौँको फूल नेपाल भित्रने भन्ने सुनेपछि आफूहरूले त्यसको बजार प्रतिस्थापनका लागि यो व्यवसाय अँगालेको उनले बताए । उनले सम्झिए, “एक सय बिरुवाबाट सुरुआतीमा रु १० हजार नाफा भएको थियो ।

त्यसैको प्रेरणाले अहिले व्यावसायिकरूपमा गरियो ।” उनीहरूले दोस्रो वर्ष तीन कठ्ठा जग्गामा र तेस्रो वर्ष छ कठ्ठा जग्गामा पुष्प व्यवसाय गरेका थिए । दोस्रो वर्षमा रु एक लाख र तेस्रो वर्षमा रु दुई लाख नाफा भएपछि उनीहरूलाई यो व्यवसाय गर्न प्रोत्साहन मिलेको यादवले बताए ।

कार्कीका अनुसार सयपत्री फूलमा अहिलेको चार महिनामात्रै व्यापार हुने गरेको छ । यसलाई १२ महिना नै व्यवसाय कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको छ ।

यस कम्पनीले अहिले १० हजार मालाको व्यापार गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । यहाँबाट फूलका बिरुवासमेत बिक्री वितरण गरिएको थियो । पुष्प व्यवसायमा शीतभण्डार नहुँदा यसलाई लामो समयसम्म राख्न नसक्नु मुख्य समस्याका रूपमा रहेको व्यवसायीले बताएका छन् ।

फ्लोरिकल्चार एशोसिएशन नेपाल चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठ अहिले यो व्यवसायमा युवापुस्ताको आकर्षण बढेको बताउँछन् । विगत आठ वर्षदेखि उज्ज्वल नर्सरीको नाममा पुष्प व्यवसाय गर्दै आएका श्रेष्ठले अहिले तीन बिघा क्षेत्रफलमा फूलखेती गरेका छन् ।

उनले भने, “अहिले व्यावसायिकरूपमा भन्दा पनि मौषमीरूपमा यो खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ ।” अहिले आफ्नो थोरै बारीमा समेत तिहारलक्षित गर्दै पुष्पखेती गर्नेहरूको सङ्ख्या बढेको भन्दै उनले यो व्यवसायमा युवापुस्ता अघि सरेको बताए । उनले भने, “चार दिनका लागि फूल लगाउने धेरै भए । अब यसलाई निरन्तरता दिनसके हुन्थ्यो ।”

एशोसिएशनका अध्यक्ष अमर घलेले तिहारलाई लक्ष्य गर्दै जिल्लामा अहिले ४० बिघा क्षेत्रफलमा पुष्पखेती भइरहेको बताए । यसमा अहिले नियमित यही व्यवसायमा लागेका भन्दा आंशिकरूपमा खेती गर्ने बढेको उनले बताए ।

उनले भने, “लामो समयदेखि व्यावसायिकरूपमा गर्ने ५५ जना कृषक छन्। अरु सबै आंशिकरूपमा हो ।” गत वर्षभन्दा अहिले फूलखेतीको क्षेत्रफल र खेती गर्नेको सङ्ख्या पनि बढेको उनको भनाइ छ ।

खेती गर्ने अधिकांश युवा रहेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले पनि समूह बनाएर तिहारलक्षित फूलखेती गर्दै आएका छन् ।

जिल्लामा अहिले १० लाख बिरुवा लगाइएको भन्दै उनले भने, “हामीले चितवनको बजारमा अहिले दुई लाख माला पुर्याउने लक्ष्य लिएका छौँ ।” यहाँ पाँच लाख माला खपत हुने उनको अनुमान छ । जसमध्ये एक लाख ५० हजार माला भारतबाट आयात हुने उनले जानकारी दिए । अन्य छिमेकी जिल्लाबाट पनि आउने उनले बताए ।

आंशिकरूपमा व्यवसाय गर्नेका कारण बजार मूल्यमा एकरुपता नआउने डर बढेको उनको भनाइ छ । अहिले बजारमा मालाको मूल्य रु ८० र एक किलो फूलको रु २५० भन्दामाथि नजाने उनले जानकारी दिए ।

अहिले व्यावसायिकरूपमा खेती गरेका व्यवसायीले बिक्री वितरणका लागि आफ्नै स्टल खोलेर बिक्री वितरण गर्ने योजनामा रहेका छन् । यहाँको फूलको बजार चितवन, काठमाडौँ, पोखरालगायतका ठूला सहर छन् ।
रासस

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १२:०४ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...