back
CTIZAN AD

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मीले पाउलिन् त विश्वासको मत ?

वि.सं.२०७८ कात्तिक १० बुधवार

699 

shares

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पदको आज निर्णय हँदैछ ।

शाक्यले आज १ बजे हुने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेकी हुन् ।

नेकपा एमाले प्रदेश संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बनेकी शाक्य मुख्यमन्त्री बनेलगत्तै अल्पमतमा परेकी थिइन् । नेकपा एमाले विभाजनपछि केपी ओली नेतृत्वको एमालेमै रहेकी शाक्यले आज विश्वासको मत लिने भएकी हुन् ।

पाँच दलीय विपक्षी गठबन्धनले बागमती प्रदेशको प्रमुखमको रुपमा माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टीका प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ ।

आज दिउँसो १ बजे हुने प्रदेशभाको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्तावमा मत विभाजन हुनेछ । विश्वासको मतका लागि ५५ जना सांसदको आवस्यकता रहेकोमा शाक्यको पार्टी एमालेका तर्फबाट ४३ जना प्रदेशसभा सदस्य रहेका छन् ।

त्यसैगरी विपक्षी गठबन्धनमा रहेका पार्टीहरुमध्ये नेकपा (माओवादी केन्द्रबाट २३, नेपाली कांग्रेसका २२, नेकपा (एकिकृत समाजवादी) का १३, जनता समाजवादी पार्टीका १ सांसद गरेर ५९ जना रहनेछन् ।

त्यसैगरी विवेकशील साझाका ३ सांसद तथा नेमकिपा र राप्रपाका सांसदले कसलाई मत दिन्छन् भन्ने टुंगो लागिसकेको छैन ।

भारी मतको अन्तर रहेको प्रदेशसभामा १ बजेसम्म कुनै नाटकिय परिवर्तन नभएमा शाक्य अल्पमतमा पर्ने र गठबन्धनबाट पाण्डे प्रदेश प्रमुख बन्ने सम्भावना प्रवल रहेको छ ।

वि.सं.२०७८ कात्तिक १० बुधवार ०९:०१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...