back

साउदी नेतृत्वको सैन्य गठबन्धनद्वारा हवाई हमला, कम्तीमा ८५ विद्रोही मारिए

वि.सं.२०७८ कात्तिक १० बुधवार

255 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

रियाद । यमनमा राष्ट्रसंघद्वारा मान्यता पाएको सरकारको सहयोगमा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार रणनीतिक शहर मारिब नजिकै हवाई हमला गर्दा कम्तीमा ८५ हुथी विद्रोहीको ज्यान गएको बताइएको छ ।

साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीका अनुसार गठबन्धनले विगत २४ घण्टामा मारिबको दक्षिणी भागमा अल–जाबा र शहरबाट ३० किलोमिटर उत्तरपश्चिममा अल–कासरामा गरेको हवाई आक्रमणबाट विद्रोहीले प्रयोग गर्दै आएका ‘नौ वटा सैनिक गाडीहरू ध्वस्त भएका र ८५ विद्रोहीहरू मारिएका छन् ।

इरान समर्थित यमनी हुथीहरूले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । यमनमा अरब स्प्रिङको विद्रोहपछि यमनमा स्थिरता ल्याउने अनुमान गरिएको राजनैतिक परिवर्तनको असफलतामा यस द्वन्द्वको जरा रहेको छ ।

यमनमा लामो समयदेखि सत्तामा रहेका तत्कालिन राष्ट्रपति अली अब्दुल्ला सालेहलाई सन् २०११ मा आन्दोलनका बलमा उनका अब्द्रब्बु मनसुर हाडीलाई सत्ता सुम्पन बाध्य पारिएपनि त्यहाँको शान्ति प्रक्रियाले पूर्णता पाउन सकेको छैन । पछिल्लो समय यमनी पूर्व राष्ट्रपति सालेहलाई हटाउनु गलत भएको भन्ने स्वरहरू पनि बलियो बन्न थालेका छन् ।
रासस

वि.सं.२०७८ कात्तिक १० बुधवार ०८:४९ मा प्रकाशित

NABIL bank AD
चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट

चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट

बेइजिङ । चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो...

एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत

एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत

मनिला । एसियाली विकास बैंक (एडिबी) ले सोमबार श्रीलङ्काका साना...

अफगानिस्तानको सडक दुर्घटनामा परी २१ जनाको मृत्यु, ३८ घाइते

अफगानिस्तानको सडक दुर्घटनामा परी २१ जनाको मृत्यु, ३८ घाइते

काबुल । अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा आइतबार एउटा बस र...

हाइटीमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्ने अमेरिकी तयारी

हाइटीमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्ने अमेरिकी तयारी

वासिङ्टन । क्यारेबियन मुलुक हाइटीमा हप्तौंदेखि जारी हिंसात्मक झडपपछि संयुक्त...

सुडानमा ५० लाख मानिस भोकमरीको जोखिममा

सुडानमा ५० लाख मानिस भोकमरीको जोखिममा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले सुडानको द्वन्द्वरत समूहलाई ‘विनाशकारी’ भोकमरीबाट...

विदेशी पर्यटकको चाप बढेसँगै उकालो लाग्दै श्रीलङ्काको अर्थतन्त्र

विदेशी पर्यटकको चाप बढेसँगै उकालो लाग्दै श्रीलङ्काको अर्थतन्त्र

कोलम्बो ।सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै अकल्पनीय...