१० कार्तिक, काठमाडौँ । टि-२० विश्वकमा पाकिस्तान क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । पाकिस्तानले आफ्नो दोस्रो खेलमा न्यूजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।
टि-२० विश्वकप २०२१ को आफ्नो पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको न्यूजिल्यण्डले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि ब्याटिङ्गमा डेरिल मिचेल र डेवन कन्वेले सर्वाधिक २७/२७ रन बनाएका थिए । बलिङ्ग तर्फ पाकिस्तानका लागि भने ह्यारीस रैफले ४ ओभरमा २२ खर्चेर सर्वाधिक ४ विकेट हात पारेका थिए ।
न्यूजिल्याण्डले दिएको १३५ रनको सामान्य लक्ष्य पाकिस्तानले १८.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३३ रन बनाएका थिए । त्यसैगरी सोयब मलिकले २६, इमान वासिमले ११, बाबर आजमले ९, फखर जमानले ११, मोहम्मद हफिजले ११ र आसिफ अलिले २७ रनको योगदान दिएका थिए । न्यूजिल्याण्डका लागि बलिङ्गमा इश सोधीले सर्वाधिक २ विकेट लिएका थिए ।
जितसँगै पाकिस्तान २ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
वि.सं.२०७८ कात्तिक १० बुधवार ०९:४० मा प्रकाशित



























