back
CTIZAN AD

फुजिमा आयलले बीमामार्फत उपभोक्तालाई क्षतिपूर्ति दिने

वि.सं.२०७८ कात्तिक १० बुधवार

645 

shares

१० कार्तिक, काठमाडौँ । फुजिमा आयल कम्पनी प्रालिले आफ्नो उत्पादनले कुनै पनि हानी नोक्सानी भएमा बीमाबापत उपभोक्तालाई नोक्सानी बेहोर्ने योजना ल्याएको छ ।

कम्पनीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका निर्देशक सुबोध कोइरालाले २०५२ सालदेखि आफ्ना गुणस्तरीय उत्पादन बजारमा ल्याएको कम्पनीले उपभोगकर्ता माझ अझ दरिलोरुपमा उभिन र यसको प्रयोग बढाउन बीमा योजना ल्याएको बताए । स्वदेशी उत्पादनले मुलुकको अर्थतन्त्रमा पनि निकै टेवा दिने भएको उनको भनाइ थियो । वार्षिक करिब रु २० अर्बको कारोबार भइरहेको लुब्रिकेन्ट्समा नेपाली उत्पादनले ३५ प्रतिशत मात्र उपभोक्तामाझ पुग्न सफल भएको कम्पनीले यसको बजार बढाउन नै बीमाको योजना ल्याएको बताइएको छ ।

तीन दशकदेखि नेपाली बजारमा नेपाली उत्पादनलाई आम उपभोक्तासमक्ष पु¥याएर आम उपभोक्ताको मन जित्न सफल कन्ट्रोल लुब्रिकेन्ट्स, म्याजिक प्लस लुब्रिकेन्ट्स र रोयल लुब्रिकेन्ट्सको उत्पादक फुजिमा आयल कम्पनीले नेपालमै पहिलोपटक ऐतिहासिकरूपमा उत्पादनको प्रयोगपछिको ग्यारेन्टी बीमा गरेको निर्देशक कोइरालाले बताए ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १०:३४ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...