back
CTIZAN AD

आइसिटी अवार्ड २०२१ मा उत्कृष्ट ५ को घोषणा, सर्वोत्कृष्ट छनौटको लागि पब्लिक भोटिङ शुरु हुँदै

वि.सं.२०७८ कात्तिक १० बुधवार

768 

shares

१० कार्तिक, काठमाडौँ । सुचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ केही विधामा उत्कृष्ट ५ को घोषणा गरिएको छ । छैटौं संस्करणको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया अन्तर्गत विभिन्न ११ विधामध्ये ३ महत्वपूर्ण विधामा जुरी समितिको छनौट प्रक्रिया मार्फत उत्कृष्ट ५ को घोषणा गरिएको हो ।

ह्वावे स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ विधामा गत शनिवार आयोजना भएको प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसन मार्फत उत्कृष्ट ५ को छनौट गरिएको हो । छनौटमा परेका उत्कृष्ट ५ ले नोभेम्बर १ देखि शुरू हुने पब्लिक भोटिङ (ई–सेवा र एसएमएस) मा सहभागि हुनु पर्नेछ । यसैगरी यसअघि छनौट भएका ३ विधामा उत्कृष्ट १० सबैका लागि पब्लिक च्वाइस आइसिटी अवार्ड विधा पनि खुल्ला गरिएको छ । जुरीको छनौट, पब्लिक भोटिङ र फिल्ड भिजट समेत सम्पन्न गरी आयोजकले ग्राण्ड फिनाले कार्यक्रममा सर्वोत्कृष्ट घोषणा गर्नेछ ।

छनौट भएको उत्कृष्ट ५ स्टार्टअप कम्पनीहरू डुलुवा एक्सपेडिसन्स प्रा।लि, हाउस अफ बुक्स प्रा.लि, खेती भेन्चर प्रा.लि, निर्वाण साथी टेक्नोभेसन प्रा.लि र पु¥याउ सर्भिसेस प्रा.लि रहेका छन् । स्टार्टअप आइसिटी अवार्ड २०२१ विधामा ५० बढी आइसिटी स्टार्टअप कम्पनीहरूको नोमिनेशन प्राप्त भएको थियो । विभिन्न ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ छनौट गरिएको आयोजकले जनाएको छ ।

प्रडक्ट आइसिटी अवार्ड २०२१ को लागि उत्कृष्ट ५ मा छनौट भएका प्रडक्टहरुमा बगभी, आइएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम, मिखा, प्लान्टस्याट र सायक रहेका छन् । यस विधामा ४० बढी आइसिटी प्रडक्टहरूको नोमिनेशन प्राप्त भएको र ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ को घोषणा गरिएको आयोजकले जानकारी दिएको छ ।

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ को लागि छनौट भएका उत्कृष्ट ५ इन्नोभेसनहरुमा आक्स माट्ररव, आइओटी ब्यास्ड इकोनोमिकल एयर प्युरिफायर फर द ग्लोबल साउथ, मुसोर, ओपन प्लास्टपेपर र रेन्ट अ बाइक रहेका छन । यस वर्ष राइजिङ स्टार इन्नोभेसन विधामा ६० बढीको नोमिनेशन प्राप्त भएको थियो ।

यी ३ विधा बाहेक अवार्डमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड गरी ४ विधा व्यक्तिको लागि समावेश गरिएको छ । यसैगरी डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर) सरकारी र नीजि क्षेत्रका संस्थाहरूलाई लक्षित गरिएको छ । यी सबै विधाहरूमा नोमिनेशन पश्चात् छनौट जारी रहेको छ ।

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ इन एशोसिएशन विथ जिनस, पावर्ड वाई ह्वावे २०२१ का लागि विभिन्न ११ विधामा ४०० बढीको नोमिनेशन प्राप्त भएको आयोजकले जनाएको छ । अन्य ८ विधामा विभिन्न चरणको छनौट प्रक्रिया जारी रहेको आयोजक लिभिङ विथ आइसिटीले जनाएको छ । सर्वोत्कृष्ट छनौटका लागि १२ जना जुरी र १३ जना विशिष्ट सल्लाहकार समिति गठन गरिएको आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए । आइसिटी अवार्ड नेपालको डिजिटल इकोसिस्टमको विकासमा एक महत्वपूर्ण प्रयास भएको हुँदा यसमा यस क्षेत्रका सबै व्यक्ति, संस्था र नवप्रर्तकहरूको आआफ्नो पक्षबाट सहयोग, सहकार्य र सहभागिता रहेको लम्सालले बताए ।

सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा प्रविधि क्षेत्रमा कृयाशील व्यक्ति, संस्था, इन्नोभेसन र स्टार्टअपहरूको प्रवद्र्धन लागि एक महत्वपूर्ण प्लाटफर्मको रूपमा विकास भएको सहभागी बताउँछन् । आइसिटी अवार्डको छनौट प्रक्रिया अन्तर्गत नै स्टार्टअप एण्ड आइडिया फेस्ट, प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसन, फिल्ड भिजिट, पब्लिक भोटिङ लगायतका प्रक्रियाहरू आयोजना गर्ने गरिन्छ । छनौट प्रक्रिया पारदर्शी र निष्पक्ष हुनु नै आइसिटी अवार्डको महत्वपूर्ण उपलब्धि रहेको सल्लाहकार प्राडा. सुवर्ण शाक्य बताउँछन् । आइसिटी अवार्डले इन्नोभेसन, स्टार्टअप र आइडियालाई उद्यमशीलतासँग जोडेर अघि बढाइरहेको कारणले यस क्षेत्रमा सकारात्मक प्रभाव पारेको नाष्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले बताए ।

यस वर्ष आइसिटी अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विनाधितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर, ह्वावे, एनसेल, नेपाल टेलिकम, इसेवा, डिसहोम लगायतका संस्थाहरूबाट महत्वपूर्ण सहयोग रहनेछ । आइसिटी अवार्ड २०२१ मा एफवानसफ्ट शीर्ष प्रायोजक रहेको छ भने जिनस इन एशोसिएशन विथ, ह्वावे पावर्ड वाई स्पोन्सर रहेका छन । यसैगरी राष्ट्रिय वाणिज्य बैंक बैंकिङ पार्टनर, एनसेल क्याटेगोरी स्पोन्सर रहेको छ । अवार्ड कार्यक्रममा एनटिए, नाष्ट, एनआइटिसी, प्रेसिडेन्सियल बिजनेशन स्कुल, ई–सेवा, इमिनेन्स वेइज, अपग्राड, डिस होम, एनएमबी बैंक, हाम्रो पात्रो, टेक्नोरियो लगायतका संस्थाहरूको सहयोग तथा सहकार्य रहेको छ ।

आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले कार्यक्रम डिसेम्बर १७ अर्थात् पुस २ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १६:५२ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...