back
CTIZAN AD

मिलेमतोमा अवैध सहरी सेवा केन्द्र : कमिसन दिनेका संरचना ठाडै, नदिनेका उखेलिए

वि.सं.२०७८ कात्तिक १० बुधवार

873 

shares

काठमाडौंं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रको रत्नपार्कमा रहेको सहरी सेवा केन्द्र अवैध रुपमा सञ्चालनमा रहेको पाईएको छ ।

काठमाडौ महानगरपलिकाले रत्नपार्क, खुल्ला मञ्चको दक्षिण तर्फमा रहेको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडी रहेको शौचालयसहितका ३ वटा संरचनाहरुमा बोलकबोलमार्फत २ जना ठेकदारहरुलाई सञ्चालन गर्न २०७३ सालमा सम्झौता गरेको थियो । खुल्लामञ्च दक्षिण तर्फको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडीको पुरानो शौचालयको सम्झौता २०७८ असार मसान्तमा समाप्त भएसँगै साउन १ गते काठमाडौ महानगरपालिकाले भत्काई सकेको छ तर, रत्नपार्क तर्फको शहरीसेवा केन्द्रको सम्झौता साउन मसान्त मै सकिए पनि न त त्यसलाई खालि गराईएको छ न त भत्काईएको नै छ ।

रत्नपार्क तर्फको सो सेवा केन्द्र लाम्पनटार सिन्धुली स्थायी घर भएका माधबप्रसाद काफ्ले मर्मत संभार गरि सञ्चालन गर्ने भनेर काठमाडौं महानगरपलिकासँग २०७३ साल भदौ १ गते करार सम्झौता गरेका थिए । सम्झौताअनुसार सो सेवा केन्द्र नविकरण नहुने भनेर प्रस्टसँग लेखिएको छ ।

करार सम्झौता सकिएको झण्डै साढे २ महिना बित्दा पनि सो ठाउँको भाडा माधबप्रसाद काफ्लेले नै असुल गरि रहेका छन् ।

कसरी भएको थियो सहरी सेवा केन्द्रहरु सन्चालन सम्झौता ?

काठमाडाैं महानगरपलिकाले काठमाडौं महानगरपालिक क्षेत्रभित्र विभिन्न ठाउँमा सहरी सेवा केन्द्रहरु निर्माण गरि सञ्चालन गर्ने भन्दै आरती एण्ड कम्पनीले २०६१ साल वैशाख २५ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले सहरी सेवा केन्द्रहरु निर्माणपश्चात महानगरपालिकालाई वार्षिक एक लाख रोयल्टी बुझाउनु पर्ने तथा सम्झौताको ३ वर्षपश्चात प्रत्येक २/२ बर्षमा रोयल्टीमा १० प्रतिशतका दरले बृद्धि हुने गरि १० वर्षे करार सम्झौता भएको थियो ।

२०७१ वैशाखमा सम्झौता भएको १० वर्षे समयाबधी सकिएपश्चात पनि सो कम्पनीले अनाधिकृत रुपमा ती केन्द्रहरु सञ्चालन गरिनै रहेको तर, एक रुपैंयाँ पनि राजश्व दाखिला नगरेको महानगरपालिका स्रोत बताउँछ । सम्झौता अबधि सकिएको करिब २ वर्ष पछि चौतर्फी दबाब परेपछि २०७२ चैत्र २ गते काठमाडौं महानगरपालिकाले ती केन्द्रहरु सञ्चालनको लागि ठेक्का बन्दोबस्तको लागि सूचना जारी गरेको देखिन्छ । त्यसबेला काठमाडौं महानगर पालिकाको प्रमुख प्रशासकीय अधिकृत रुद्रसिंह तामाङ थिए । जानकारहरुका अनुसार तामाङ्कै पहलमा कौडिका भाउमा सञ्चालनमा रहेका ती सेवा केन्द्र तथा शौचालयहरु राम्रो मुल्यमा भाडामा लागेका थिए ।

जसमा खुल्ला मञ्च तर्फको सहरी सेवाकेन्द्र मर्मत गरि सञ्चालन गर्नको लागि कपिलाकोट सिन्धुली स्थायी घर भएका ऋषिराम गड्तौलाले २५ लाख ९९ हजार नौ सय बयानब्बे रुपैंयाँ तिर्ने गरि २०७३ असार २७ गते ठेक्का सम्झौता गरेका थिए भने वीर अस्पताल अगाडीको शौचालय पनि गड्तौलाले नै १३ लाख ५ हजार नौ सय ९६ रुपैंयाँमा मर्मत गरि सञ्चालन गर्नको लागि सोहि दिन ठेक्का सम्झौता गरेका थिए ।

त्यस्तै सोहि सूचनाका आधारमा रत्नपार्क तर्फको सहरी सेवा केन्द्र सन्चलनको लागि लम्पनटार सिन्धुली स्थायी घर भएका माधवप्रसाद काफ्लेले ४७ लाख रुपैयाँ तिर्ने गरि २०७३ भदौ १ गते ठेक्का सम्झौता गरेका थिए ।

महानगरपालिका र दुबै ठेकदारहरुका बिचमा भएको सम्झौताअनुसार सम्झौता अबधि नविकरण नहुनेगरि ५ वर्षको तथा प्रत्येक वर्ष २ दशमलब ५ प्रतिशतका दरले बहाल रकममा बृद्धि हुने उल्लेख भएको थियो ।

सम्झौता सकिएपछि एउटा भत्काईयो, अर्कोमा कमिसनको खेल

खुल्लामञ्च तर्फको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडीको रत्नपार्कको शौचालय करार सम्झौता सकिएको भोलिपल्ट नै २०७८ साउन १ गते महानगरपलिकाले डोजरको प्रयोग गरि भत्काएको छ तर, रत्नपार्कको सहरी सेवा केन्द्रको सम्झौता अबधि २०७८ साउन मसान्तमा सकिइसक्दा पनि महानगरपालिकाले त्यसलाई भत्काउनु त परको कुरा खालीसम्म गराएको छैन् ।

महानगरपालिका स्रोतका अनुसार दशैं अगाडी नै ४० लाख रुपैंयाँ कमिसनमा सो केन्द्रलाई खरिद नियमावली बिपरित नविकरणको तयारी भएको थियो तर, त्यति नै बेला सञ्चालक माधवप्रसाद काफ्ले चेक बाउन्सको अभियोगमा जेल परेपछि सो योजना तुहिएको थियो । महानगरपलिका स्रोत भन्छ, मोटो रकम कमिसन लिएर पुनः काफ्लेलाई सो सेवा केन्द्र दिलाउनका लागि २०७८ साल असार २२ गते नविकरण गराउने निवेदन हाल्न लगाइएको थियो ।

‘सम्झौता नविकरण हुन्न, अवैध व्यवसायहरु बन्द गराउँछु’

वीर अस्पताल अगाडीको शौचालय तथा खुल्लामञ्च दक्षिणको सहरी सेवा केन्द्र आफ्नै निर्देशनमा भत्काइएको काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताएका छन् । रत्नपार्कको सहरी सेवा केन्द्र सम्झौताको समयाबधि साउन मसान्त मै सकिएको तथा वीर अस्पताल अगाडी खानेपानी संस्थानको भवनमा अवैध रुपले व्यवसाय गरिरहँदा पनि किन नहटाईएको भन्ने संसार न्यूजको जिज्ञासामा सहरी सेवा केन्द्रको नबिकरण कुनै पनि हालतमा नगरिने तथा अवैध तरिकाले सन्चालन भएका व्यवसायहरु तत्काल हटाउन निर्देशन दिने पनि ज्ञवालीले बताएका छन् ।

“रत्नपार्क क्षेत्रमा एउटा शौचालय अति नै आवश्यक छ, त्यसका लागि सहयोगी संस्थाहरु खोजेर तत्काल ठेक्का लगाई त्यहाँ भएका अन्य सबै संरचना भत्काउन लगाउँछु” ज्ञवालीले भनेका छन् ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १६:५४ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...