काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत मागेका छन्। सोमबार प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत मागेका हुन्।
विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले आर्थिक अनुशासनलाई पूर्णं पालना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्छौं, फजुल खर्च घटाउँछौं, अति आवश्यक तथा नगरी नहुने खर्चलाई व्यवस्थित गर्छौं’ उनले भने ।
मुख्यमन्त्री पाण्डेले यसअघिको सरकारले गरेको कामको स्वेत पत्र जारी गर्ने पनि बताएका छन् । उनले प्रदेशको आम्दानी बढाउने र जनताको जायज माग पूरा गर्ने पनि बताए ।
‘विगतमा कुनै निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना पर्दै परेन कुनै निर्वाचन क्षेत्रमा धेरै परे । बजेट विनियोजनमा सांसदहरुमा पक्षपात गर्दैनौं’, उनले भने,‘ प्रदेशलाई प्राप्त स्रोतको सही सदुपयोग गरी प्रदेशको आम्दानी बढाउन, प्रदेशका गौरवका कार्यक्रमलाई प्रवर्द्धन गर्न ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दछु।’
वि.सं.२०७८ कात्तिक २२ सोमवार १७:२१ मा प्रकाशित






























